सुनचाँदीको भाउमा व्यापक गिरावट
काठमाडौं। आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।
हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्चदरमा घटेको हो। आज सुनको भाउ तोलाको २० हजार पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य घटेर आज सुन तोलाको तीन लाख १८ हजार आठसय रुपैयाँमा झरेको छ। हिजो सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। सुनको यो भाउ हालसम्मकै सबैभन्दा महँगो हो।
हिजो जति बढेको थियो, आज सुनको मूल्यमा त्यति नै गिरावट आएको हो।
बुधबार सुनको भाउ प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको थियो।
गएको एक सातामा सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेर आज घटेको हो।
सुनको भाउ गएको मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो।
गएको सोमबार तोलामा पाँचहजार दुईसय बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय र गएको शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको थियो।
अघिल्लो साताको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो। त्यसयता लगातार बढेको सुनको मूल्यमा आज व्यापक मात्रामा गिरावट आएको हो।
आज चाँदीको भाउमा पनि व्यापक मात्रामा गिरावट आएको छ।
तोलामा ४४० रुपैयाँ घटेर चाँदीको भाउ आज सात हजार ६५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। यो चाँदीकाे अहिलेसम्मकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




