Breaking News

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि प्रहरीको राशन स्केल अन्य सुरक्षा निकायमा कार्यरत कर्मचारीको भन्दा कम रहँदै आएको थियो।

हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पहल र कुशल नेतृत्वमा हाल भएको निर्णयले सकल दर्जाका प्रहरी कर्मचारीहरूमा उत्साहको सञ्चार भएको छ । सरकारको यो निर्णय यही २०८२ साल फागुन १ गतेदेखि लागू हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

राशन स्केल बृद्धिले नेपाल प्रहरीका कर्मचारीहरूको आर्थिक सुरक्षा, कल्याण र आत्मसम्मानको अनूभूति, कार्यक्षमता र कार्यप्रभावकारितामा सुधार, प्रहरी मनोबल र अनुशासनमा सुधार, प्रहरी कर्मचारीहरूको पोषण र स्वास्थ्यमा सुधार, सांगठनिक छवि र आवद्धताको दर (Retention Rate) मा अभिवृद्धि हुने प्रहरी हेडक्वाटरले विश्वास लिएको छ।

‘दशकौं देखिको अपर्याप्त र असमान राशन प्रणालीलाई समय सापेक्ष तथा विवेकसम्मत रूपमा सम्बोधन गर्नुपर्ने सकल दर्जाको मागलाई मैले नेतृत्व सम्हालेको दिनदेखिनै उच्च प्राथमिकताका साथ सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू र सचिवज्यू एवं अर्थ मन्त्रालय समक्ष बलियो रूपमा प्रस्तुत गरेको थिएँ,’ प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, ‘दैनिक आहार र पोषणको औसत आवश्यकताको सन्दर्भमा र अन्य सुरक्षा निकायहरूको सन्दर्भमा समेत न्यून र विभेदपूर्ण रहेको नेपाल प्रहरीको राशन स्केलमा गरिएको यस सुधारलाई समग्र नेपाल प्रहरीबाट र आम जनसमुदायबाट समेत अत्यन्त सकारात्मक रूपमा ग्रहण गरिएको छ।’

महानिरीक्षक कार्कीले जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ भएको क्षति केबल भौतिक रूपमा देखिने मानवीय क्षती र भौतिक संरचनाहरूको क्षतिमा मात्र सीमित नभएको र यसले प्रहरीको मनोबल र उत्प्रेरणामा समेत उल्लेख्य प्रभाव पारेको बताउनुभयो।

उहाँले समुदायको सक्रिय र उल्लेखनीय सहभागिताले हाम्रा भौतिक संरचनाहरू जुर्मुराउँदै उठेतापनि प्रहरी मनोबल उठाउने हाम्रो अथक प्रयास जारी रहेको अवस्थामा नेपाल सरकारबाट भएको यस बिशेष निर्णयले नेपाल प्रहरीका सकल दर्जाहरूमा उर्जा भर्ने र कार्यसम्पादनमा अत्यन्त सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको जानकारी दिनुभयो।

‘राशन स्केलमा भएको वृद्धि नेपाल प्रहरीका हरेक कर्मचारीहरूका लागि आर्थिक सुरक्षा अभिवृद्धि र कल्याणकारी क्षेत्रको विस्तार मात्र नभई अपेक्षाकृत आत्मसम्मानको संरक्षण समेत हो । दिनरात अविच्छिन्न रूपमा प्रतिकुल परिस्थितिहरू र शारिरीक एवम् मानसिक रूपमा जोखिमयुक्त कार्यसम्पादन गर्ने नेपाल प्रहरीका लागि अत्यावश्यक दैनिक पोषणको उपलब्धतामा उल्लेख्य वृद्धि भई स्वास्थ्य र कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने विश्वास लिईएको छ । यस निर्णयले आम रूपमा सकलदर्जाहरूमा अनुशासन तथा संस्थागत छविलाई समेत अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ,कार्कीले भन्नुभयो।

उहाँले संस्थागत न्यायलाई मूल आधार मानी सेवामा समर्पित प्रत्येक प्रहरी कर्मचारीको हक–हित सुनिश्चित गर्न हामी निरन्तर प्रतिबद्ध रहने बताउनुभयो।

सम्बन्धित समाचार

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

काठमाडौँ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...

चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ

चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ

गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ...

निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ

निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार...