अस्ट्रेलियामा सार्वजनिक अस्पतालका लागि ५ वर्षीय बजेट सम्झौता
अस्ट्रेलियाका सङ्घीय र राज्य सरकारहरूबीच सार्वजनिक अस्पतालहरूको सुधारका लागि पाँच वर्षको ऐतिहासिक कोष सम्झौता भएको छ ।
यस सम्झौताअन्तर्गत सङ्घीय सरकारले आगामी जुलाईदेखि २१९।६ अर्ब अस्ट्रेलियन डलर खर्च गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले नयाँ पाँच वर्षीय सम्झौता अन्तर्गत सङ्घीय सरकारले सार्वजनिक अस्पताल र स्वास्थ्य सेवाका लागि कीर्तिमानी २१९।६ अर्ब अस्ट्रेलियन डलर (१५३।८ अर्ब अमेरिकी डलर) खर्च गर्ने घोषणा गर्नुभयो । यो सम्झौता आगामी जुलाई महिनादेखि कार्यान्वयनमा आउनेछ। अल्बानिजका अनुसार यो रकम अघिल्लो सम्झौताको तुलनामा अतिरिक्त २५ अर्ब अस्ट्रेलियन डलर (१७।५ अर्ब अमेरिकी डलर) बढी हो ।
यो सम्झौतासँगै लामो समयदेखि चल्दै आएको वार्ताको अन्त्य भएको छ । यसअघि डिसेम्बर महिनामा राज्य र क्षेत्रीय सरकारहरूले २३ अर्ब अस्ट्रेलियन डलरको प्रश्तावलाई अस्वीकार गरेका थिए । अस्ट्रेलियन मेडिकल एशोसिएशनले यस सम्झौताको स्वागत गरेको छ । तर केवल कोषले मात्र नभई प्रणालीगत सुधार बिना खस्कँदो कार्यसम्पादन रोक्न नसकिने चेतावनी समेत दिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




