घानाका राष्ट्रपतिद्वारा अफ्रिकाभर सुदृढ क्षेत्रीय मूल्य श्रृङ्खला निर्माणमा जोड
घानाका राष्ट्रपति जोन ड्रामानी महामाले उत्पादन र व्यापारमा प्रतिष्पर्धी लाभ हासिल गर्न अफ्रिकी महाद्वीपलाई सुदृढ क्षेत्रीय उत्पादन मूल्य श्रृङ्खलाहरू निर्माण गर्न आग्रह गर्नुभएको छ ।
दुई दिने अफ्रिका व्यापार शिखर सम्मेलनका क्रममा महामाले महाद्वीपले सीमापार प्रतिष्पर्धी उद्योगहरू निर्माण गर्ने समय आएको बताउनु भयो । जहाँ कच्चा पदार्थ, मध्यवर्ती वस्तु र अन्तिम उत्पादनहरू क्षेत्रहरूभित्र सहज रूपमा आवागमन हुन सकोस् ।
उहाँका अनुसार अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्रमार्फत १।३ अर्बभन्दा बढी मानिसहरूको एकल बजारको सिर्जनाले महाद्वीपलाई एक सक्षम उत्पादन र लगानी गन्तव्यमा रूपान्तरण गर्न आवश्यक दायरा प्रदान गर्दछ ।
उहाँले अफ्रिकी सरकारहरूलाई नेतृत्व र स्थिरता प्रदान गर्न, निजी क्षेत्रलाई लगानी र नवाचार गर्न, वित्तीय संस्थाहरूलाई दीर्घकालीन वित्तीय समाधानहरू डिजाइन गर्न र विकास साझेदारहरूलाई अफ्रिकाका प्राथमिकताहरूसँग तालमेल मिलाउन आह्वान गर्नुभयो। जबकि प्यान–अफ्रिकी संस्थाहरूले समन्वय गर्ने र एकीकरणका बाधाहरू हटाउनेछन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




