रफाह नाका पुनः सञ्चालनमा आउने चर्चासँगै गाजाका बासिन्दाहरूमा चिन्ता
इजिप्टसँग जोडिएको रफाह सीमा नाका पुनः खुल्ने चर्चा चुलिएसँगै गाजाका बासिन्दाहरूमा आशा र आशंका उत्पन्न भएको छ । इजरायलले सन् २०२४ मेमा यस नाकालाई आफ्नो नियन्त्रणमा लिएपछि बन्द गरिँदा मानवीय संकट झनै गहिरिएको छ । गाजा पट्टीमा इजिप्टसँगको रफाह सीमा नाका पुनः सञ्चालनमा आउनसक्ने चर्चाले त्यहाँका बासिन्दाहरूमा चिन्ता बढाएको छ । विनाशकारी युद्धको दुई वर्षपछि पनि त्यहाँका अपरेसनहरू र यात्रीहरूमाथि लगाइने सम्भावित प्रतिबन्धका बारेमा अनिश्चितता कायमै छ । सन् २०२४ मे महिनामा इजरायलले यस नाकालाई आफ्नो नियन्त्रणमा लिएर यात्रा रोकेपछि गाजा एक्लिएको थियो ।
जसले गर्दा त्यहाँको मानवीय संकट अझ गहिरिएको छ । रफाह नाका गाजाबासीका लागि, विशेष गरी बिरामीहरूका लागि आवतजावतको प्रमुख बिन्दु हो । इजरायलले पूर्ण निरीक्षण प्रक्रियाको अधीनमा रहेर पैदल यात्रीहरूका लागि मात्र सीमित रूपमा नाका खोल्न सहमति जनाएको छ ।
यसमा चिकित्सा बिरामी, घाइते, विद्यार्थी र विदेशी राहदानी भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ । स्वास्थ्य अधिकारीहरूका अनुसार हाल करिव २० हजार बिरामीहरू उपचारको अनुमति पर्खिरहेका छन् भने पर्खाइकै क्रममा १ हजार २६८ जना बिरामीको मृत्यु भइसकेको छ । सन् २०२४ मे ७ देखि हालसम्म केवल ३ हजार १ सय बिरामीहरूले मात्र गाजा छोड्न सफल भएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




