Breaking News

आंशिक सरकारी कामकाज ठप्प हुने जोखिमका बीच अमेरिकी सिनेटमा बजेट प्याकेज असफल

अमेरिकी सिनेटले अध्यागमन नीतिका विषयमा उत्पन्न विवादका बीच बजेट प्याकेज अघि बढाउन असफल भएको छ ।

जसले आंशिक सरकारी कामकाज ठप्प हुने (सटडाउन) जोखिम बढाएको छ । माथिल्लो सदनमा भएको प्रक्रियागत मतदानमा प्रश्तावको पक्षमा ४५ र विपक्षमा ५५ मत परेको थियो ।

जुन तल्लो सदनबाट स्वीकृत बजेट प्याकेजलाई अघि बढाउन आवश्यक ६० मतको थ्रेसहोल्डभन्दा कम हो । सिनेटमा डेमोक्र्याटहरूको ४७ सिट रहेको अवस्थामा, मतदानको नतिजाले केही रिपब्लिकन सदस्यहरूले पनि उक्त योजनाको विपक्षमा मतदान गरेको देखाएको छ ।

मिनियापोलिसमा संघीय सुरक्षाकर्मीहरूद्वारा हालै भएका दुई घातक गोलीकाण्डपछि डेमोक्र्याटहरूले अध्यागमन एजेन्सीहरूको कार्यशैलीमा परिवर्तन ल्याउन जोड दिएका छन् । सिनेटका अल्पमतका नेता चक शुमरले जबसम्म अध्यागमन र भन्सार प्रवर्तनलाई विधायीकी रूपमा सुधार र नियन्त्रण गरिँदैन तबसम्म गृह सुरक्षा विभागको बजेट विधेयक पारित हुन आवश्यक मत पुग्दैन ।

अर्कोतर्फ सिनेटका बहुमतका नेता जोन थुनले अन्य पाँचवटा बजेट विधेयकहरू पारित गर्ने र गृह सुरक्षा विभागका लागि अल्पकालीन निरन्तरता प्रश्तावमा विचार गर्ने विकल्प खुला राख्ने बताएका छन् ।

सम्बन्धित समाचार

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले  मतदान भइरहेको आयोगको दावी

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी

काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...