Breaking News

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको ‘ऊर्जा पूर्वाधार’ युद्धविराममा युक्रेन पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ ।

युक्रेनी समाचार एजेन्सीका अनुसार, शुक्रबार रातिदेखि लागू भएको यो युद्धविराममा युक्रेनले आक्रमण रोक्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले साँझ राष्ट्रलाई सम्बोधन गर्दै भन्नुभयो, “युक्रेनले आक्रमणमा संयमता अपनाउन तयार छ, र आज हामीले रुसका ऊर्जा पूर्वाधारमाथि कुनै आक्रमण गरेका छैनौँ ।”

उहाँले यस कदमलाई जनताको जीवन जोगाउन र ऊर्जा प्रणाली सुरक्षित राख्न आवश्यक ठानेको बताउनुभयो । जेलेन्स्कीले अमेरिकी पक्षले दुवै देशलाई ऊर्जा पूर्वाधारमाथि एक हप्तासम्म आक्रमण नगर्न प्रस्ताव गरेको जानकारी पनि दिनुभयोे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको राजधानी किएभसहित अन्य सहरहरूमा एक हप्तासम्म आक्रमण नगर्न आग्रह गर्नुभएका थिए । उहाँका अनुसार अत्यधिक चिसो मौसमका कारण ऊर्जा प्रणालीमा क्षति पुगेमा जनजीवन झनै कठिन हुनेछ ।

यस अनुरोधका उत्तरस्वरूप क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनका ऊर्जा पूर्वाधारमाथि फेब्रुअरी १ सम्म आक्रमण रोक्ने सहमति जनाएको जानकारी दिनुभएको छ । आरबीसी–युक्रेन समाचार माध्यमले यो तथ्य सार्वजनिक गरेको छ । विश्लेषकहरूले यस कदमलाई हालको द्वन्द्वमा मानवीय राहततर्फको सानो तर महत्वपूर्ण कदमका रूपमा मूल्याङ्कन गरेका छन् । यद्यपि, दीर्घकालीन शान्ति र स्थिरता कायम राख्न अझै कूटनीतिक पहल र वार्ता आवश्यक रहेको उल्लेख गरिएको छ । यस युद्धविरामले युक्रेनका नागरिकहरूलाई कठिन जाडो मौसममा ऊर्जा आपूर्ति कायम राख्न सहयोग पुर्याउने र जनजीवनमा केही राहत दिने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले  मतदान भइरहेको आयोगको दावी

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी

काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...