Breaking News
१७ माघ २०८२ १४:११
खबर सेवा · More from author
बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’
खबर सेवा
काठमाडौँ। सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने गर्दछन् तव ‘ग्यास्ट्रिक’ हुन्छ ।
यस्तै ‘पेनकिलर’ले पनि बच्चालाई ‘ग्यास्ट्रिक’ बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेटसम्बन्धी चिकित्सक डा सुमित अग्रवालले जानकारी दिनुभयो । बयस्क मानिसलाई ‘ग्यास्ट्रिक’ले पेट दुख्ने, खाना नरुच्ने, मुखमा अमिलो आउने गर्दछ ।
बालबालिकालाई भने पनि मुखबाट अमिलो पानी आउने, बिहान र साँझ पेट दुख्ने, कसैलाई खाना खाएपछि धेरै पेट दुख्ने, कसैलाई खाना खाएपछि कम हुने, लगातार बान्ता आउने, पेट फुल्नेजस्ता समस्या देखा पर्दछन् । यसपछि बच्चाको आहार घट्दै जान्छ र उपचार ढिला हुँदा विस्तारै तौल घट्दै जान्छ ।
समयमा उपचार नगरे ग्यास्ट्रिकले पेटको दुखाइको मात्रा बढेपछि मुखबाट रगतसमेत आउन सक्ने, पेटको सानो आन्द्राको प्वाल खुम्च्याउने, सानो आन्द्राको पहिलो भागमा अल्सरजस्ता समस्या देखापर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कान्ति अस्पतालमा दिनमा दुइ–तीन ‘ग्यास्ट्रिक’ भएका बालबालिका आउने गर्दछन् । यस्तै रगत नै बान्ता गर्ने बिरामी हप्तामा एक÷दुई जना अस्पताल आउने गरेका छन् ।
चिकित्सक डा अग्रवालले हप्तामा तीनदेखि पाँचको इन्डोस्कोपी गरेपछि ७५ प्रतिशतमा बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने गरेको बताउनुभयो । शरीरमा चाहिनेभन्दा बढी मात्रामा एसिड उत्पादन हुनुलाई सामान्यतया ग्यास्ट्रिक भनिन्छ ।
उहाँका अनुसार सामान्यता १८ महिनादेखि १४ वर्ष मुनिका बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने र ‘ग्यास्ट्रिक’ देखिने गर्दछ । एच प्योलोरी भन्ने किटाणुका कीटाणु सानै उमेरदेखि शरीरमा भए पनि सातआठ वर्ष नाघेपछि मात्रै यसको लक्षण देखा पर्छ । डा अग्रवालले ‘एच प्योलोरी’ जिवाणु औषधि दुई हप्ता खाएपछि निको हुने बताउनुभयो ।
ताजा अपडेट
-
१.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
२.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
३.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
४.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
-
५.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...
१० चैत २०८२ ११:२२
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...
१० चैत २०८२ ११:२१
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...
१० चैत २०८२ ११:१८
एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरु कुनैपनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था...
१० चैत २०८२ ७:३५




