Breaking News

तोडफोड र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउँदैछन्ः भट्टराई

काठमाडौं। नेकपा (एमाले) का सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउने बताउनुभएको छ ।

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस्ता गतिविधिले मुलुकलाई युक्रेनको जस्तो संकटपूर्ण बाटोमा धकेल्न सक्ने खतरा रहेको बताउनु भयो । उहाँले विभिन्न भ्रम र लाञ्छना फैलाइरहे पनि मतदातालाई अलमलिन नहुने आग्रह गर्नुभयो । डा. भट्टराईले यस्ता कुराहरूबाट मुलुकलाई जोगाउन विवेकपूर्ण मतदान आवश्यक रहेको जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘२१ औं शताब्दीको तेस्रो दशकमा आइरहँदा पनि तोडफोड, हिंसा, आगजनीबाट सत्ता परिवर्तन गर्ने, खरानीमाथि उभिएर त्यसको नाममा शासन व्यवस्थामा पुग्न खोजिरहेका तत्वहरुको बारेमा हामीले बुझ्नुपर्दछ । यदी हामी विवेकी मतदाताले त्यो कुरा बुझ्न सकेनौँ भने, हामी मात्रै होइन, हामी भन्दा पछिल्लो पुस्ता जुन हिसावबाट बहकिरहेको छ, त्यो बहकिएको पुस्ता, नवयुावाहरु र अलमलमा पारिएकालाई सही कुरा बुझाउन सकेनौँ भने यो मुलुकको भाग्य र भविष्य नचाहँदा नचाहँदै यदी तपाईं हामीले विवेक गुमायौँ भने यो मुलुकले युक्रेनको बाटो समाउन सक्छ ।’

सचिव भट्टराईले भ्रम छरेर विभिन्न लाञ्छना लगाउने काम भइरहे पनि अलमलिन नहुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...