एमाले जेनजी उम्मेदवार थापा भन्छिन्ः आसन, भाषण र शासनमा महिलाहरुलाई पुर्याउन देशव्यापी नेतृत्व गर्नेछु
काठमाडौं। नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास र युवा र महिला सशक्तीकरण आफ्नो प्राथमिकतामा पर्ने बताउनुभएको छ ।
शनिबार नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले ओखलढुंगा अब आफैं नेतृत्व गरेर सीमानाका सडकहरू निर्माण गर्दै पालिका–पालिकामा कालोपत्रे गर्ने गरी अघि बढ्ने बताउनु भयो।
उहाँले । एउटा गाउँपालिकाको व्यक्ति तीनवटा जिल्ला हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भयो उहाँले शैक्षिक समस्या सम्बोधन गर्दै विद्यालय–विद्यालयमा गएर सही काउन्सिलर उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
महिलाको मुक्तिको लागि आसन, भाषण र शासनमा महिलालाई पुर्याउन देशव्यापी नेतृत्व गर्ने बताउनु भयो । नवयुवाहरूले भाषणभन्दा कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले युवा पुस्तालाई काममा आधारित नेतृत्वको उदाहरण दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अब ओखलढुंगा आफैँ नेतृत्व गरेर सीमानाका सडकहरु निर्माण गर्दै ओखलढुंगाका पालिका पालिकामा कालोपत्रे गर्नेगरी अघि बढ्नेछौँ । एउटा गाउँपालिकाको व्यक्ति तीन वटा जिल्ला हुँदै आफ्नो जिल्लाको सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । आज पनि ओखलढुंगा मोबाइलको नेटवर्क नपुगेर फोन गर्न डाँडामा जानुपर्ने अवस्था छ । म आफैँले भोगेको छु । ओखलढुंगा जिल्लामा आज फोन नलाग्ने जुन ठाउँहरु छन्, हिजो पनि फेँदीगुठबाट फोन आएको थियो । अब फोनको नेटवर्क मात्रै होइन, ओखलढुंगाका ठाउँठाउँमा साइबर क्याफेहरु बन्नेछन् । त्यहाँ उच्चतम नेटवर्क प्रयोग गरेर काठमाडौं नआइकन आइटीको काम गरेर तपाईंको घर, आँगनको स्वच्छ हावापानीमा बसेर काम गर्नसक्ने वातावरणको निर्माण अबको पुस्ताले गर्नेछ । अबको सरकारले गर्नेछ, अब आउने निर्वाचित नेतृत्वले गर्नेछ । सही शैक्षिक काउन्सिलको समस्या छ । त्यो समस्या विद्यालय विद्यालयमा गएर सही काउन्सिलर दिनेछु । आसन, भाषण र शासनमा महिलाहरु नपुगिकन महिला मुक्ति हुँदैन । तसर्थ आसन, भाषण र शासनमा महिलाहरुलाई पु¥याउन देशव्यापी नेतृत्व गर्नेछ ।’
अस्मिता थापा लिखु गाउँपालिकाको पूर्वउपाध्यक्ष तथा एमाले केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँ एमालेको तर्फबाट युवा तथा महिला प्रतिनिधित्वको प्रतिकका रूपमा देखिनुभएको छ । जसले ओखलढुंगामा विकास, सूचना प्रविधि, सडक पूर्वाधार र महिला सशक्तीकरणका मुद्दालाई प्राथमिकतामा राख्नुभएको छ ।
ताजा अपडेट
-
१.
कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
-
२.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
३.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
४.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
५.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध
फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...
इलाम केन्द्रबिन्दु बनाएर भूकम्प
काठमाडौं। इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका...
गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु
काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार...




