काठमाडौ–सोलु जोड्ने द्रुतमार्गको लागि संसदमा आवाज उठाउँछुः असिम राई
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुका प्रतिनिधिसभा सदस्यका उम्मेदवार असिम राईले काठमाडौं–सोलुखुम्बु जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि संसदमा सशक्त आवाज उठाउने बताउनुभएको छ ।
सोलु–काठमाडौ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उहाँले काठमाडौँ–सोलुखुम्बु जोड्ने द्रुतमार्ग निर्माणको लागि निरन्तर संघर्ष गर्ने बताउनुभएको हो । काठमाडौंदेखि खुम्बुसम्म द्रुतमार्ग निर्माण भएमा ५० लाख पर्यटक नेपाल भित्रिने बताउनुभयो।
यसले सोलुखुम्बु मात्र नभएर समग्र देशको आर्थिक विकासमा सहयोग गर्ने उहाँको भनाई छ । राईले आफू निर्वाचित भएर प्रतिनिधि सभामा पुगेमा जिल्लाका जनताको शिर उँचो हुनेगरी आफ्नो विधायिकाको भुमिका निर्वाह गर्ने बताउनुभयो।
उहाँले सोलुखुम्बुमा विकास निर्माणका धेरै काम अझै अधुरा रहेको उल्लेख गर्नुहुँदै बाँकी कामलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । राईले सोलुखुम्बु जिल्लालाई राज्यले न्यायोचित दृष्टिले नहेरेको आरोप लगाउनु भयो । सगरमाथा क्षेत्रबाट उठ्ने रोयल्टी राज्यले उपयोग गरेपनि हिमाल संरक्षण र स्थानीय विकासमा पर्याप्त ध्यान नदिएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘जब हामी निर्वाचित भएर प्रतिनिधि सभमा आउँछौँ, तपाईहरुको शिर निहुरिने छैन । तपाईहरुको शिर उचो हुनेगरि हामीले आफ्नो विधायिका भुमिका निर्वाह गर्नेछौँ । विकास निर्माणका अधुरा कामहरु सोलुखुम्बुका जनताहरुको छ । पुरा भएका कार्यक्रमहरुलाई हामी सम्मान दिँदै बाँकी कामहरु मेरा कार्यक्रम हुनेछन् । राम्रा कामहरुको हामी सर्मथन गर्नेछौँ । सोलुखुम्बु जिल्ला भनेको एउटा विशेष जिल्ला हो । हामीले भन्छौ सगरमाथा हिमालको देश भनेर । राज्यले सोलुखुम्बु जिल्लालाई हेर्ने दृष्टिकोण वास्तवमा न्यायपुण छैन । त्यहाँको रोयल्टी राज्यले असाध्यै राम्रो तरिकाले उपयोग गर्छ । राज्यले लिन्छ, रोयल्टी । हिमाललाई बचाउनको लागी राज्यले गर्नुपर्ने धेरै कामहरु फिटिक्कै सोचेको छैन, गर्दैन । मलाई के लाग्छ, सगरमाथा बचे देश रहन्छ र विश्व रहन्छ । यो जिल्ला ऐतिहासिक छ र अन्तराष्ट्रिय छ । यो हिसावले हामीले त्यहाँ धेरै काम गर्नुपर्ने छ । काठमाडौबाट खुम्बुसम्म जोड्ने बाटो फास्ट ट्रयाक बनाउने हो भने एकै सिजनमा १५ लाख होईन ५० लाख पर्यटकहरु आउनेछन् । यसले सोलुखुम्बु जिल्लाको मात्रै भविष्य बन्दैन, सिंगो देशको आर्थिक उन्नती हुनेछ, यो हिसावले म सांसदको रुपमा काठमाडौ र खुम्बुलाई जोड्ने छिटो मार्ग, द्रुत मार्ग फास्ट ट्रयाकको लागी मैले आवाज उठाउने छु, संघर्ष गर्नेछु ।’
उहाँले भारतीय पर्यटन सोलुखुम्वुका भित्र्याउनको लागी चतरादेखी खुम्बु जोड्ने दुधकोशी करिडोर बनाउन पनि पहल गर्ने बताउनु भयो । उहाँले सोलुखुम्बुका सबै वडाबाट सदरमुकाम जोड्ने सडक निर्माण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय विकास, पर्यटन प्रर्वद्धन लगायतका कार्यलाई आफूले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
२.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
३.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
-
४.
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
-
५.
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
ट्रेन्डिङ
सम्बन्धित समाचार
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...




