नेपाली कम्युनिष्ट पार्टी नै कम्युनिष्ट आन्दोलनको मूलधारः जगन्नाथ खतिवडा
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले वर्तमान कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी नै भएको दाबी गर्नुभएको छ ।
सोलु–काठमाडौ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उहाँले विचार, सिद्धान्त र समाजवादको लक्ष्यमा आधारित पार्टी नै नेपाली कम्युनिष्ट पार्टी भएको बताउनुभएको हो । उहाँकाअनुसार नेपाली कम्युनिष्ट पार्टी समाजवादको लक्ष्य हासिल गर्न दौडने शक्तिहरूको संयोग हो।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति इंगित गर्दै आफूलाई क्रान्तिकारी दाबी गर्ने शक्तिहरुले साम्राज्यवादी शक्तिको आडमा जेन–जी आन्दोलनलाई दुरुपयोग गरेको आरोप लगाउनु भयो । साम्राज्यवादी शक्तिको आडमा राष्ट्रिय शक्ति, जनताको एकता र देशभक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेको उहाँको दाबी छ । यस्ता शक्तिहरूप्रति सचेत नहुँदा कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्न नसक्ने उहाँले बताउनुभयो।
नेता खतिवडाले कम्युनिष्ट आन्दोलनको रक्षा नगरी समाजवादको दिशामा पुग्न नसकिने उल्लेख गर्नुहुँदै समाजवाद जनताको जीवनस्तर परिवर्तन गर्ने लक्ष्यसहितको मार्ग भएको बताउनु भयो । उहाँले पार्टी सधैँ विचारसहितको विकासको पक्षमा रहेको र माक्र्सवाद–लेनिनवादलाई आफ्नो वैचारिक आधार मानेर अघि बढिरहेको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘आजको कम्युनिष्ट आन्दोलनको मुलधार नेपाली कम्युनिष्ट पार्टी हो, अरु कोही होईन, हिजोका चुनावले कुनै एउटा दललाई बढी जनमत दियो होला, त्यो चुनावको संयोग हो । तर आजको नेपाली कम्युनिष्ट पार्टी विचारको संयोग हो । सिद्धान्तको संयोग हो र भावी दिनमा समाजवादको लक्ष्य प्राप्त गर्नको निन्ति दौडने शक्तिको संयोग हो । यो तपाई हाम्रो इज्जतको प्रतिष्ठाको र देशको राष्ट्रिय शक्ति वृद्धि गर्ने कुराको संयोग हो । यही कुरालाई बुझेर तपाईहरु गाउँमा चुनावमा जानुहुनेछ । युवा विद्रोहमा मिसिएका केही निला स्यालहरु छन्, निला स्यालहरु, पार्टीको नाम भनिराख्न पर्दैन । रङ्ग भनिरहनु पर्दैन । मै हुँ क्रान्तिकारी भनेर देखा पर्ने यस्ता स्यालहरु साम्राज्यवादका पिछलग्गु बनेर बनेर अहिले समाजमा छटपटाईरहेका छन्। नेपालको राष्ट्रिय शक्तिलाई, नेपाली जनताको शक्तिलाई, देशभक्तिको शक्तिलाई छिन्नभिन्न पार्नेगरि अगाडी बढिरहेका छन् । विचारहीनहरु, दृष्टिकोणहीनहरु, सिद्धान्तहिनहरु, पश्चिामाहरुको पिछलग्घु बन्नेहरु आज दोडेको तपाईहरु देख्न सक्नुहुनेछ । यसलाई सावधानी नराखीकन हाम्रो गन्तव्य ठीक बाटोमा जान सक्दैन । देशको कम्युनिष्ट आन्दोलनको रक्षा नगरी हामी समाजवादको दिशामा पुग्न सक्दैनौँ। समाजबाद जनताको मनको, जनताको जीवनस्तरको परिवर्तन गर्ने लक्ष्यको बाटो हो । हामी जहिलेपनि विचारसहित विकासको पक्षमा छोँ । विचार माक्सवाद, लेनिनवाद, विकास जपक्षिय।’
उहाँले नेपाली कम्युनिष्ट पार्टीले देशको प्रतिष्ठा र जनताको सम्मान वृद्धि गर्ने काम गरिरहेको बताउनुभयो । यही बुझाइका साथ पार्टी कार्यकर्तालाई गाउँ–गाउँमा पुगेर चुनावी गतिविधिमा सक्रिय हुन आग्रह उहाँले आग्रह गर्नुभयो। – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
२.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
-
३.
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
-
४.
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
-
५.
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
ट्रेन्डिङ
सम्बन्धित समाचार
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...




