इरान अमेरिकासँग वार्ता गर्न तयार
इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इरान अमेरिकासँग वार्ता गर्न तयार रहेको तर धम्कीपूर्ण वातावरणमा वार्ता शुरु नहुने बताउनुभएको छ । इस्तानबुलमा टर्कीका विदेशमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले इरान युद्ध र कूटनीति दुवैका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।
इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इस्तानबुलमा बोल्दै इरान अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताउनुभएको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको संयुक्त पत्रकार सम्मेलनमा आराघचीले संयुक्त राज्य अमेरिकाले कुनै सद्भाव नदेखाएको र यो कहिल्यै विश्वासयोग्य नरहेको बताउनु भयो ।
इरान सबै कूटनीतिक प्रक्रियाका लागि तयार रहेको उहाँको भनाइ छ । इरानले आणविक हतियार कहिल्यै नखोजेको दोहो¥याउँदै उनले रक्षा क्षमतालाई कायम राख्ने र विस्तार गर्ने तर त्यसमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । सोही अवसरमा टर्कीका विदेशमन्त्री फिदानले यस क्षेत्रमा थप तनाव बढ्न नदिन कूटनीति नै एक मात्र विकल्प भएको भन्दै इरान र अमेरिकालाई तत्काल वार्तामा फर्कन आग्रह गर्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी
काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...
अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ
रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...
कैलालीमा वडाध्यक्षमाथि कुटपिट
कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...




