अन्तर्राष्ट्रिय

अमेरिकी न्याय विभागद्वारा एपस्टिन फाइलका ३० लाख पृष्ठहरू सार्वजनिक

अमेरिकी न्याय विभागले जेफ्री एपस्टिनका ३० लाख भन्दा बढी पृष्ठका नयाँ फाइलहरू सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अमेरिकी कंग्रेसले सबै सम्बन्धित फाइलहरू सार्वजनिक गर्न तोकेको समयसीमा भन्दा एक महिना ढिलो हो ।

सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानका क्रममा डोनाल्ड ट्रम्पले निर्वाचित भएमा एपस्टिन प्रकरणसँग सम्बन्धित ग्राहक सूची लगायतका कागजातहरू सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । १८ नोभेम्बर २०२५ मा अमेरिकी कंग्रेसले भारी बहुमतका साथ एपस्टिन प्रकरणसँग सम्बन्धित फाइलहरू १९ डिसेम्बरसम्ममा सार्वजनिक गर्नुपर्ने विधेयक पारित गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिपल्टै उक्त विधेयकमा हस्ताक्षर गर्नुभएको थियो ।

१९ डिसेम्बरदेखि विभागले कागजातहरू चरणवद्ध रूपमा सार्वजनिक गर्न थालेको थियो । तर ठूलो अंश सम्पादन गरिएको र केही तस्बिरहरू वेबसाइटबाट हटाइएकाले आलोचना भएको थियो । कागजातको पहिलो समूहमा पूर्व राष्ट्रपति बिल क्लिन्टनको धेरै सन्दर्भहरू पाइएपछि विभागले चयनात्मक रूपमा फाइलहरू सार्वजनिक गरेको आरोप लागेको थियो । २३ डिसेम्बर २०२५ मा विभागले ट्रम्पसँग सम्बन्धित करिव ३० हजार पृष्ठका नयाँ कागजातहरू सार्वजनिक गरेको थियो । जसमध्ये केही सामग्रीलाई विभागले पछि असत्य भएको बताएको थियो ।

जनवरीको शुरुमा विभागले हालसम्म सार्वजनिक गरिएका फाइलहरू कुल कागजातको १ प्रतिशतभन्दा कम रहेको र २० लाखभन्दा बढी कागजातहरू अझै समीक्षाको क्रममा रहेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...