अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा इरानलाई सम्झौताका लागि गोप्य समयसीमाको सङ्केत, अमेरिकाद्वारा सैन्य दबाब वृद्धि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसले इरानसँग सम्झौता गर्नका लागि गोप्य रूपमा समयसीमा (डेडलाइन) तोकेको सङ्केत गर्नुभएको छ। उहाँले सार्वजनिक रूपमा भने सो समयबारे खुलाउन अस्वीकार गर्नुभयो।

ह्वाइट हाउसमा पत्रकारहरूले इरानलाई कुनै समयसीमा दिइएको छ कि भनेर सोधेको प्रश्नमा ट्रम्पले यो कुरा उनीहरूलाई मात्र पक्का थाहा भन्ने जवाफ दिनुभयो।

मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति कम गर्ने सम्बन्धमा पेन्टागनसँग कुनै समयतालिका छ कि भन्ने प्रश्नमा ट्रम्पले आफूहरुले हेर्ने बताउनुभयो। ट्रम्पको यो पछिल्लो टिप्पणी वाशिङ्गटनले इरानमाथि सैन्य दबाब बढाइरहेका बेला आएको हो। जहाँ डिसेम्बर २०२५ को अन्त्यदेखि देशव्यापी अशान्ति फैलिएको छ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले तेहरानले विवाद समाधानका लागि सधैं संवाद र सहकार्यको बाटो अपनाएको र आफूहरू युद्ध नचाहेको बताउनुभयो। उहाँले पश्चिमी देशहरूको आलोचना गर्दै उनीहरूको कामले कूटनीति र अन्तर्राष्ट्रिय कानुनप्रति व्यवहारिक प्रतिवद्धताको कमी देखाएको बताउनुभयो।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...