कति छ तरकारीको मूल्य ?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा प्याज, ब्रोकाउली, भिन्डी, फर्सीसहितका तरकारीको मूल्य घटेको छ। तर, डल्ले च्याउसहितका केही तरकारी भने महँगिएका छन्। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७३, सानो लोकल गोलभेँडा २७, टनेलको सानो गोलभेँडा ३७, रातो आलु २६, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ३९, लोकल बन्दा ६०, स्थानीय काउली ४४, लाम्चो भन्टा ५०, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १७५, लौका ६२, डल्ले फर्सी २३, पाकेको फर्सी ४५, भिन्डी १११, कन्य च्याउ ८५, डल्ले च्याउ ३४५, सिताके च्याउ ९००, ब्रोकाउली ४३ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २७, टनेलको सानो गोलभेँडा ३७, रातो आलु २६, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ४१, लोकल बन्दा ६१, स्थानीय काउली ५०, लाम्चो भन्टा ५२, डल्ले भन्टा ६२ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १८०, लौका ७७, तराईको परबल २३०, डल्ले फर्सी ३२, पाकेको फर्सी ४५, भिन्डी १२५, कन्य च्याउ ८५, डल्ले च्याउ ३२५, सिताके च्याउ ९००, ब्रोकाउली ५० रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




