महेश बर्तौलाले सानदार जित निकाल्ने गोकुल बास्कोटाको विश्वास
मकवानपुर। नेकपा एमालेका नेता गोकुल बास्काटाले मकवानपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बर्तौलाले सानदार जित हासिल गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ । चुनाव प्रचार अभियानका क्रममा मकवानपुर पुग्नुभएका नेता बास्काटाले थाहानगरतर्फ जाने क्रममा आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
उहाँले सामाजिक सञ्जालमार्फत यात्रा अनुभव सुनाउँदै राजनीति र प्रकृतिबीचको दृष्टिभ्रमलाई रोचक ढंगले प्रस्तुत गर्नुभएको छ। ‘अग्लो ठाउँबाट परको हिमाल आफुभन्दा होचो र धुम्मैलो देखिन्छ, अझ तलको थानकोट चन्द्रमाको क्रेटरजस्तै लाग्छ।’
उहाँले मानिसहरूलाई समेत टाढाबाट हेर्दा कमिलाजस्तै देखिने अनुभूति भएको उल्लेख गर्दै राजनीति र प्रकृतिको मिश्रित दृष्टिभ्रमको मज्जा फरक हुने बताउनुभएको छ। यस्तो अनुभूतिको बीचमा पनि नेता बास्काटाले मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ। ‘तर महेश सानदार जित्नुहुन्छ,’ उहाँले स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ।
नेता बास्काटाको यो अभिव्यक्तिलाई एमालेले चुनावी माहोलमा उत्साहजनक सन्देशका रूपमा लिएको छ ।
ताजा अपडेट
-
१.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
२.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
३.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
-
४.
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
-
५.
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
ट्रेन्डिङ
सम्बन्धित समाचार
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...




