ह्वात्तै घट्यो सुनको भाउ
काठमाडौँ। हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीको भाउ फेरि लगातार घट्न थालेको छ। सुनको भाउ आज तोलामा १८ हजार आठसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख रुपैयाँमा झरेको छ।
गएको शुक्रबार सुनको भाउ तोलाको २० हजार पाँचसय रुपैयाँ घटेर तीन लाख १८ हजार आठसय रुपैयाँमा झरेको थियो। बिहीबार भने सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। सुनको यो भाउ हालसम्मकै सबैभन्दा महँगो हो। गएको बुधबार सुनको भाउ प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको थियो।
गएको एक सातामा सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेर फेरि उच्चदरमै घट्न थालेको हो। आज चाँदीको भाउमा पनि व्यापक मात्रामा गिरावट आएको छ। तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको पाँच हजार पाँचसय रुपैयाँमा झरेको छ। गएको शुक्रबार चाँदीको भाउ सात हजार ६५ रुपैयाँ थियो। बिहीबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। यो चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो।
सम्बन्धित समाचार
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष
काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।...




