Breaking News

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

तनहुँ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विकास लम्सालका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।

लम्सालले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिइनेछ । जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ ।

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको छ ।

दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख ३६ हजार ११८ र क्षेत्र नं २ तर्फ एक लाख १८ हजार २७९ मतदाता कायम भएका छन् । क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ ।

क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्दछ । यस पटकको निर्वाचनका लागि ऋषिङ गाउँपालिका–४ र ६ मा एक/एक मतदान केन्द्र थप भएको छ । जिल्लामा १४४ मतदानस्थल र ३०० मतदान केन्द्र रहेका छन् ।

निर्वाचन प्रहरी तालिम

जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि आजदेखि तालिम सञ्चालन गर्ने भएको छ । निर्वाचनमा खटिनेलाई जिल्लाका पाँच ठाउँमा तालिम सञ्चालन गर्न लागिएको हो ।

निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै तालिम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँको व्यास नगरपालिका–५ पाटन खेलमैदानमा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आँबुखैरेनी क्याम्पसमा, इलाका प्रहरी कार्यालय बेलचौताराको बेलचौतारा खेलमैदानमा, इलाका प्रहरी कार्यालय भानुको गोठेटार खेलमैदानमा र इलाका प्रहरी कार्यालय बन्दीपुरको बन्दीपुरमा तालिम सञ्चालन गरिनेछ ।

कार्यालयले एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ । आवेदन कम भएपछि कार्यालयले दुई पटक आवेदन दिने समय थप गरेको थियो । प्रनाउ विकले भन्नुभयो, “आफूलाई पायकपर्ने स्थानमध्ये जहाँ सम्पर्क गर्दा पनि हुन्छ, पाँच ठाउँमा तालिम सञ्चालन हुन्छ ।”

कार्यालयले १९६ जनालाई वैकल्पिक सूचीमा राखेको छ । वैकल्पिक सूचीमा रहेकालाई स्याङ्जा पठाउने तयारी गरिएको छ । स्याङ्जामा निर्वाचन प्रहरीका लागि कम आवेदन परेपछि इच्छुक हुनेलाई स्याङ्जा पठाइने प्रनाउ विकले बताउनुभयो ।

निर्वाचनमा निर्वाचन प्रहरीसँगै करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । निर्वाचनमा परिचालन गरिने कर्मचारी, प्रहरीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...