अर्थ

कोरियन प्रविधिको ओरा कस्मेटिक्स नेपाली बजारमा

काठमाडौं। एनके कस्मेटिक्स प्रा.लि (NK Cosmetics Pvt. Ltd.) ले आफ्नो प्रिमियम सौन्दर्य ब्रान्ड ओरा कस्मेटिक्स (ORA Cosmetics) बजारमा ल्याएको छ।

काठमाडौंस्थित होटल दुसीत प्रिन्सेस, लाजिम्पाटमा एक विशेष समारोहबीच दक्षिण कोरियाका राजदूत पार्क ताए–यङले ORA Cosmetics को औपचारिक उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, उद्योगपति, व्यवसायी, गैरआवासीय नेपाली संघ (NRNA) का नेतृत्व, सौन्दर्य उद्योगका विज्ञ, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ORA Cosmetics को स्थापना अत्याधुनिक कोरियन प्रविधि, तीन दशकभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव, वैज्ञानिक अनुसन्धान र नेपालमै आधारित उत्पादन प्रणाली को संयोजनमा गरिएको हो। कम्पनीलाई कोरियाली सौन्दर्य उद्योगका एक वरिष्ठ विज्ञले परामर्श दिइरहनुभएको छ, जसको ३० वर्षभन्दा बढी कोरियन कसमेटिक्स एक्सपोर्ट तथा उत्पादन क्षेत्रमा अनुभव रहेको छ।

उहाँले विश्वप्रसिद्ध सौन्दर्य ब्रान्ड MISSHA मा कस्मेटिक्स डेभलपर तथा अनुसन्धानकर्ता का रूपमा काम गरिसक्नुभएको अनुभव ORA Cosmetics का उत्पादन विकासमा प्रयोग भइरहेको छ।
नेपालकै हावापानी र छालाको आवश्यकतालाई ध्यानमा राखी सुरक्षित, प्रभावकारी र अन्तर्राष्ट्रिय गुणस्तरका स्किन केयर, बडी केयर तथा सौन्दर्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्यका साथ ORA Cosmetics बजारमा ल्याइएको हो।

NK Cosmetics Pvt. Ltd. का अध्यक्ष  बिनोद कुँवरका अनुसार, हालसम्म ORA Cosmetics परियोजनामा करिब नेपाली रुपैयाँ १५ करोडबराबरको लगानी भइसकेको छ र आगामी चरणमा थप नेपाली रुपैयाँ १० करोड लगानी गर्ने योजना रहेको छ।

कम्पनीले आवश्यक अत्याधुनिक मेसिनरी तथा उत्पादन उपकरणहरू पहिल्यै व्यवस्थापन गरिसकेको र छिट्टै स्थापना सम्पन्न गरी उत्पादन सुरु गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो। मेसिनरी स्थापना पश्चात् कम्पनीले १०० भन्दा बढी प्रकारका उत्पादनहरू—जसमा कॉस्मेटिक्स, स्किन केयर, बडी केयर तथा विभिन्न सौन्दर्य सामग्रीहरू समावेश हुनेछन्—नेपालमै उत्पादन गर्न सक्ने क्षमता राख्नेछ।

कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले भन्नुभयो, “यदि हामी नेपालमै विश्वस्तरीय ब्रान्ड उत्पादन गर्न सफल भयौं भने, हाम्रो लागि ठूलो बजार र विशाल जनसंख्या नजिकै उपलब्ध छ। गुणस्तरमा पूर्ण ध्यान केन्द्रित गर्न सकेमा विश्व बजार नै हाम्रो साथमा हुनेछ। त्यसैले ORA Cosmetics मा हामीले सुरुदेखि नै गुणस्तरलाई पहिलो प्राथमिकता दिएका छौं।”

ORA Cosmetics ले नेपालमा उद्योग स्थापना गर्दै स्थानीय रोजगारी सिर्जना, आयात प्रतिस्थापन, र भविष्यमा अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तारगर्ने दीर्घकालीन लक्ष्य लिएको छ।

त्यसैगरी, प्रमुख अतिथि महामहिम पार्क ताए–यङ, नेपालका लागि दक्षिण कोरियाका राजदूतज्यूले कोरियाबाट फर्किएका गैरआवासीय नेपाली तथा कोरियामा काम गरेर फर्किएका व्यवसायीहरूले नेपालमा विभिन्न क्षेत्रमा उद्योग स्थापना गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो,“कोरियाली प्रविधि, सीप र कोरियामा काम गर्दा आर्जन गरेको पूँजी प्रयोग गरी नेपालमा नयाँ–नयाँ व्यवसाय सुरु हुनु अत्यन्त सकारात्मक संकेत हो। यसले नेपाली अर्थतन्त्रलाई सुदृढ बनाउनेछ।”

राजदूतज्यूले थप्दै भन्नुभयो, “म यस्ता व्यवसायहरूलाई प्रोत्साहन गर्न, नेपाल–कोरिया सहकार्यलाई अझ विस्तार गर्न, र नेपाली अर्थतन्त्रलाई ठूलो बनाउने ‘पुल’ को भूमिका निर्वाह गर्न प्रतिबद्ध छु। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनले नेपालमा नयाँ औद्योगिक युगको सुरुवात गर्नेछ।”

ORA Cosmetics ले गुणस्तर, सुरक्षा र विश्वसनीयतामा कुनै सम्झौता नगरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्दै नेपाललाई विश्वस्तरीय सौन्दर्य उत्पादनको केन्द्र बनाउने लक्ष्यसहित आफ्नो यात्रा अघि बढाएको छ।

सम्बन्धित समाचार

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...

आयात बढ्दा पनि ग्यास अभाव कायमै

आयात बढ्दा पनि ग्यास अभाव कायमै

काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...