‘मिःगा पूजा’ सँगै नेवार समुदायमा स्वस्थानी व्रत कथा सम्पन्न (तस्बिरसहित)
नेपाली हिन्दु धर्मावलम्वीहरूले एक महिनासम्म कठोर रूपमा पालन गर्ने श्री स्वस्थानी व्रत सम्पन्न भएको छ । पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको एक महिने स्वस्थनी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन भएको हो ।
मुख्य रूपमा महिलाहरूले परिवारको सुख, सुस्वास्थ्य र मनोकामना पूरा हुनका लागि व्रत बस्ने, पूजा गर्ने र स्वस्थानी देवीको कथा श्रवण गर्ने गर्छन् । विशेष गरी नेवार समुदायमा यो व्रतको समापनलाई ‘मिःगा पूजा’ को रूपमा मनाइन्छ ।
शालीनदी (साँखुस्थित सालिनदी) मा बसेका व्रतालुहरूले व्रतको अन्तिम दिन ‘मिःगा पूजा’ गरेपछि मात्र व्रत पूर्ण रूपमा समाप्त गर्ने परम्परा छ । ‘मिःगा पूजा’ मा अण्डाको बली दिएपछि अण्डा पकाएर खाने चलन छ । स्थानीय जीवन श्रेष्ठले शालीनदीमा बसेकाहरूले मिःगा पूजा गरेपछि मात्र व्रत समाप्त हुने जानकारी दिनुभयो।
यो नेवार समुदायको विशेष परम्परा हो । श्री स्वस्थानी व्रत मुख्य रूपमा भगवान शिव र पार्वती (स्वस्थानी परमेश्वरी) को आराधना गर्ने पर्व हो । व्रतकथामा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति प्राप्तिका लागि यो व्रत बसेको उल्लेख छ । शालीनदीमा लाग्ने मेला र मिःगा पूजाले नेपाली संस्कृतिको विविधता र धार्मिक सहिष्णुतालाई झल्काउँछ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधानरन्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
२.
निर्वाचन प्रहरी
-
३.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
४.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
५.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
ट्रेन्डिङ
सम्बन्धित समाचार
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...




