इरान र अमेरिकाबीच वार्ताको तयारी
तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता इस्माइल बाघेईले टर्कीमा वार्ता शुरु हुन लागेको भनी आएका पश्चिमी सञ्चारमाध्यमका रिपोर्टहरूको सन्दर्भमा टिप्पणी गर्दै इरानले वार्ताका विभिन्न पक्ष र दृष्टिकोणहरूलाई गम्भीरतापूर्वक विचार गरिरहेको बताउनुभएको छ ।
उहाँले विगतका वार्ताहरूमा अन्य पक्षहरूबाट भएका सम्झौता उल्लंघन र धोकाधडीका कारण यस पटक समय र सावधानीलाई निकै महत्व दिइएको स्पष्ट पार्नुभयो । इरानको मुख्य प्राथमिकता अमेरिकी प्रतिबन्धहरू हटाउनु रहेको र त्यसको बदलामा आफ्नो परमाणु कार्यक्रमप्रति रहेका विश्वव्यापी चिन्ताहरू सम्बोधन गर्न र विश्वासको वातावरण निर्माण गर्न तयार रहेको उहाँको भनाइ छ ।
यसैबीच इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि अमेरिकाले दबाबको नीति त्यागेमा छोटो समयमै न्यायोचित र निष्पक्ष परमाणु सम्झौता सम्भव रहेको उल्लेख गर्नुभएको छ । अमेरिकी सैन्य गतिविधि र राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्तिहरूका बाबजुद इरानले कूटनीतिक माध्यमबाट राष्ट्रिय हितको रक्षा गर्ने अडान राखेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी
काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...
अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ
रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...
कैलालीमा वडाध्यक्षमाथि कुटपिट
कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...




