अन्तर्राष्ट्रिय

इजिप्टमा गजाका घाइते र बिरामी प्यालेस्टिनीहरूको भर्ना शुरु

गजा पट्टीबाट घाइते र बिरामी प्यालेस्टिनीहरूको पहिलो समूह इजिप्ट प्रवेश गरेको छ । जसले गजा युद्धविरामको दोस्रो चरणको एक महत्वपूर्ण कदमलाई संकेत गर्दछ । प्यालेस्टिनी स्रोतहरूका अनुसार ५ जना बिरामी र उनीहरूका १० जना आफन्त वा हेरचाहकर्ताहरूलाई उपचारका लागि दक्षिणी गजाबाट इजिप्ट लगिएको छ ।

यो सम्झौताले दुवैतर्फको आवागमनलाई सहज बनाए पनि इजिप्टबाट गजातर्फ भने अहिलेसम्म कुनैपनि प्यालेस्टिनी प्रवेश गरेका छैनन् । सामाजिक सञ्जालमा देखिएका फुटेजहरूमा बिरामीहरू बोकेका पहेँला एम्बुलेन्सहरूको ताँतीले सीमा पार गरिरहेको देखिएको छ । इजिप्टको सरकारी सञ्चारमाध्यम अल–काहेरा न्युजले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै यस स्थानान्तरणको पुष्टि गरेको छ र अधिकारीहरूले सहज आवागमन सुनिश्चित गर्न लजिस्टिक तयारीहरू पूरा गरेको बताएका छन् ।

इजिप्टको उत्तरी सिनाईमा अवस्थित एल आरिसका अस्पतालहरूलाई उच्च शतर्कतामा राखिएको छ । यो आवागमन राफाह नाका आंशिक रूपमा पुनः खुलेपछि भएको हो । जुन इजरायलको नियन्त्रणमा नरहेको गजाको बाह्य संसारसँगको एक मात्र नाका हो । मे २०२४ मा इजरायली सेनाले सीमाको प्यालेस्टिनी पक्ष कब्जा गरेपछि यो नाका प्रायः बन्द रहेको थियो । जसले गजाका २३ लाख बासिन्दाहरूको मानवीय संकटलाई थप गहिरो बनाएको थियो ।

अमेरिकाको मध्यस्थतामा भएको गजा युद्धविरामको दोस्रो चरणका शर्तहरूअनुसार सोमबार कार्य सञ्चालन विस्तार गर्नुअघि आइतबार यो नाका परीक्षणका रूपमा खोलिएको थियो । हालको व्यवस्था अनुसार दैनिक करिब १५० प्यालेस्टिनीलाई गजाबाट बाहिरिन र ५० जनासम्म प्यालेस्टिनीलाई इजिप्टबाट गजा प्रवेश गर्न अनुमति दिइएको छ ।

यो नाका पुनः खुल्नुलाई युद्धविरामको स्थिरताको संकेतको रूपमा हेरिएको छ । १८ महिनाभन्दा लामो समयको पूर्ण एक्लोपनबाट थकित जनसंख्यालाई यस पहुँचले व्यापक मानवीय सहायता पु¥याउने र राहत दिने मध्यस्थकर्ताहरूको आशा छ ।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...