अन्तर्राष्ट्रिय

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः एकको मृत्यु, आठ घाइते

लेबनानको स्वास्थ्य मन्त्रालयकाअनुसार सोमवार दक्षिण लेबनानमा भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

अन्सारीय क्षेत्रमा एक सवारी साधनलाई लक्षित गरी गरिएको आक्रमणमा एकको मृत्यु र चार जना घाइते भएका छन् भने टायर जिल्लामा अर्को कारमा भएको आक्रमणमा थप चार जना घाइते भएका छन् ।

यसअघि इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत दक्षिण लेबनानका कफर टेब्निट र ऐन काना गाउँका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा जान चेतावनी दिँदै हिजबुल्लाहको सैन्य पूर्वाधारमा आक्रमण गर्ने धम्की दिएका थिए । इजरायली सेनाले पछि एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहले पुनः शक्ति सञ्चय गर्ने प्रयासलाई रोक्नका लागि उसका धेरै हतियार भण्डारण केन्द्रहरूमा आक्रमण गरिएको जनाएको छ ।

अन्सारीयमा भएको आक्रमणका बारेमा इजरायली सेनाले यो कारबाही युद्धविराम सम्झौताको उल्लङ्घनको प्रतिक्रिया स्वरूप गरिएको र मारिएका व्यक्ति हिजबुल्लाहको सैन्य पूर्वाधार पुनःस्थापना गर्ने प्रयासमा संलग्न रहेको दाबी गरेको छ ।

सन् २०२४ नोभेम्बर २७ देखि लागू भएको युद्धविरामका बावजुद इजरायली सेनाले हिजबुल्लाहका खतराहरू हटाउने भन्दै लेबनानमा बारम्बार आक्रमण गर्दै आएको छ ।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...