दक्षिण–पश्चिमी पाकिस्तानमा १४५ आतंककारी, ४८ सुरक्षाकर्मी र नागरिक मारिए
दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलले समन्वयात्मक आतंककारी हमलाहरूलाई विफल पार्ने क्रममा ४० घण्टाको अन्तरालमा कम्तीमा १४५ आतंककारी, १७ सुरक्षाकर्मी र प्रहरी तथा ३१ सर्वसाधारणको मृत्यु भएको मुख्यमन्त्रीले जानकारी दिएका छन् ।
बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्टीले क्वेटामा आयोजित पत्रकार सम्मेलनमा प्रान्तका विभिन्न स्थानमा भएका प्रतिआतंकवाद अभियान र लडाकुहरूको आक्रमणका क्रममा उनीहरुको मृत्यु भएको बताउनु भयो । उहाँले प्रतिवन्धित बलुचिस्तान लिबरेसन आर्मीले शनिवार प्रान्तभरि धेरै आक्रमणहरू गरेको र त्यसको जवाफमा सुरक्षा बलले तत्काल र निर्णायक कारबाही गरेको जानकारी दिनुभयो । बुग्टीले यसलाई पाकिस्तानको आतंकवाद विरुद्धको जारी युद्धमा यति छोटो अवधिमा रेकर्ड गरिएको लडाकुहरूको सबैभन्दा ठूलो हताहती संख्या भएको बताउनु भयो ।
यसैबीच, रक्षा मन्त्री ख्वाजा आसिफले आक्रमणपछि बलुचिस्तानभरि शान्ति बहाल भएको र सुरक्षा बलहरूले बाँकी रहेका खतराहरूलाई हटाउन खोजतलास अभियान सञ्चालन गरिरहेको बताउनुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास
काठमाडौं। आज (शुक्रबार) अमेरिका र इरानबिच ओमानमा आणविक वार्ता हुँदै छ। त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको...
पुटिनको हतियार तैनाथीसम्बन्धी प्रस्ताव ट्रम्पद्वारा अस्वीकार
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक आणविक हतियार तैनाथीसम्बन्धी सीमा विस्तार गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको प्रस्ताव अस्वीकार...
अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स ९आईआरजीसी० ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ...
हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप
हमासले इजरायलले गाजा पट्टीमा मानवीय सहायता सामग्रीको प्रवेशमा निरन्तर प्रतिवन्ध लगाएको आरोप लगाएको छ । जसले गर्दा बिग्रँदो जाडोको...




