अर्थतन्त्रलाई बलियो बनाउन दलहरुको ध्यान जानुपर्योः पाण्डे
काठमाडौँ। यतिबेला दलहरु घोषणा पत्र लेखनको कामलाई अन्तिम चरणमा पु¥याएका छन्। उनीहरुले लेखिरहेको घोषणा पत्रमा निजी क्षेत्रले प्रमुख चासोका रुपमा लिएको छ । दलहरुले चुनाव जितेर आएपछि आफ्नो घोषणापत्रअनुसार काम गर्ने दायित्व हुने भएकाले पनि निजी क्षेत्रले उनीहरुको चुनाव अघिको घोषणालाई चासोका साथ हेरेको हो।
भदौ २३ र २४ को जेनजी आन्दोलन पछि सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा चुनाव गराइरहँदा दलहरुले आर्थिक मुद्दालाई केन्द्र बिन्दुमा राखेर चुनावमा भाग लिनुपर्ने निजी क्षेत्रको जोड छ ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले कुनै पनि देशमा अर्थतन्त्र सबैभन्दा ठूलो पक्ष भएकाले यो पक्षलाई दलहरुले नजर अन्दाज गर्न नहुने बताउनुहुन्छ।
उहाँकाअनुसार अहिलेसम्मको अवस्था हेर्दा नेपालमा कुनैपनि राजनीतिक दलले अर्थतन्त्रलाई प्रमुख प्राथमिकता दिएर आफ्नो घोषणा पत्रमा राखेको पाइएको छैन। कतिपय दलले घोषणा पत्रमा अर्थतन्त्रसँग सम्बन्धित केही विषयहरु समेटेपनि सरकारमा पुगेपछि कार्यान्वयन गरेका छैनन् । पेशासहितको राजनीति नभएर पनि त्यस्तो भएको हुनसक्ने बुझाइ पाण्डेको छ ।
न्युज एजेन्सीसँगको कुराकानीमा पाण्डेले भन्नुभयो– ‘जेनजी आन्दोलनको मूल मर्म भनेको अर्थतन्त्रमा सबल, सुदृढ राज्य कायम भइ युवा शक्ति पलायन हुन नपरोस् भन्ने हो । नेपालमै रोजगारीको सिर्जना गरी युवा शक्तिलाई पलायन हुनबाट रोक्न सकिन्छ । जेनजी आन्दोलनको जगमा बनेको सरकारले गर्न लागेको चुनावमा निजी क्षेत्रका चासोहरु समेटिनुपर्छ। निजी क्षेत्रले माग गर्दै आएको बलियो अर्थतन्त्र नै हो । अर्थतन्त्र बलियो बनाउन लाग्ने हो भने श्रम शक्ति पालायन कम हुनेछ। उत्पादन र निर्यातलाई विश्वबजारमा पु¥याउन अब ध्यान दिनुपर्छ। हामीसँग भएको जैविक, वनजंगलमा पाइने प्राकृतिक स्रोतसाधन प्रयोग नै हुन सकेको छैन। हजारौँ बर्षदेखि प्राकृतिक स्रोतसाधनबाट पाइने कच्चापदार्थहरु कुहिएर गइरहेको छ। त्यसलाई भरपूर्र प्रशोधन गर्ने हो भने निजी क्षेत्रले लगानी गरेर मात्रै गर्न पनि काम सक्दैन्। कतिपय काम गर्न खोज्दा कानुनले धेक्ने गरेको छ। वन अन्तर्गतका कानूनहरुले रोक्दै आएको छ भने उद्योग मन्त्रालयले काम गर्न प्रेरित गर्दा फेरि कृषिले रोक्ने अहिले देखिदै आएको छ। विभिन्न अबरोधहरु छन् यसलाई पन्छ्याउनुपर्छ। जेनजीदेखि कुनै पनि युवाका मागहरु सम्बोधन गर्न अर्थतन्त्र बलियो भएमात्रै सम्भव हुने हो ।’
पाण्डेका अनुसार अहिले साना तिना घटना घट्दा मान्छेहरु हजारौँ जम्मा हुने गरेका छन् । यसले नेपालीहरु धेरै फुर्सदिला भएको देखाउछ । नेताले पनि हुल बढी भयो भने समृद्धि भयो भन्ने सम्झिने गरेका छन् तर हुल कम हुनु आकर्षण बढेको भन्ने बुझ्नुपर्छ । किनकी मान्छेहरु व्यस्त भएको मानिन्छ र उद्योगधन्दा, व्यापारमा व्यापारमा मान्छेहरु व्यस्त हुँदा अर्थतन्त्रमा टेवा पुर्याइरहेको हुने उहाँको बुझाइ छ ।
पाण्डेले भन्नुभयो–‘कुनै बेला नेपालका प्रसिद्ध नेताहरुको भाषणमा ५० जना मान्छेहरु पुर्याउन पनि सकस थियो, मान्छेहरु काममै व्यस्त हुन्थे, अहिले एउटै कार्यक्रममा हजारौँ भेला हुन्छन्, त्यो बेरोजगारीको कारण नै हो । यस्तो भीडले अर्थतन्त्र माथि उठ्दैन ।’
पाण्डेका अनुसार अर्थतन्त्र विकासका लागि नयाँ सरकार आउँदा बित्तिकै व्यवसायीसँग सम्बन्धित कानूनहरु परिवर्तन गर्नुपर्छ । भियतनामको मोडलमा जान सकिन्छ की अरु कुनै विकाशिल मुलुकको मोडलमा जाने हो त्यसबारे सोच्नुपर्छ । अहिले भेतनामले पछिल्लो वर्षमा ठूलो परिर्वतन गरेको छ । द्वन्द्वबाट माथि उठेर भेतनामले गरेको आर्थिक प्रगति विश्वभरका लागि उदाहरणीय भएकाले त्यसबाट नेपालले सिक्न जरुरी छ।
बंगलादेश निर्यात व्यापारमा धेरै माथि रहँदै आएको छ । भारतले पनि २० वर्ष जति लगाएर इयुसँग ट्रेड एग्रीमेन्ट–एफटीए गरेका छन् । डक्टर, इन्जिनियरदेखि विशेषज्ञ कामदारले युरोपेली युनियनमा गएर वैधानिक तवरले काम गर्न पाउने अवस्था भारतको बनिसकेको छ । युरोपमा उत्पादन भएको ९९ प्रतिशत बिना भन्सार शुल्कमा निर्यात हुन पाउने स्थीति बनेको छ । यस्ता प्रगति छिमेकी मुलुकहरुले गरिरहेको बेला राजनीतिक दलहरुले नेपाललाई सोही स्थीतिमा पुर्याउने गरी आफ्ना घोषणा पत्र बनाउने बेला आएको पाण्डेले बताउनु भयो ।
अध्यक्ष पाण्डेकाअनुसार नेपाल सानो देश भएकाले यहाँको अर्थतन्त्र पनि सानो छ । यहाँ काम गर्न धेरै सहज रहेकाले विकासको मोडालिटी तयार गरेर अघि बढ्नुपर्छ । विदेशमा बस्ने नेपालीहरुले आफ्नो स्तरलाई धेरै माथि पुर्याइसकेको अवस्था छ, युरोप अमेरिकामा नेपाली मुलका मानिसहरु बसाईंसरेर ठूलाठूला पदमा पुगेका छन् । ती व्यक्तिहरुलाई समेत प्रयोग गरेर नेपालमा एफटीए गर्नुपर्छ । पर्यटन प्रवद्र्धनसँगै जलविद्युत्, आइटी, उत्पादन निर्यातका वस्तुहरुलाई बजार पहुँच पुर्याउनुपर्छ । नेपालमा सजिलै लगानी भित्राउन सक्ने अवस्था बनाउनुपर्छ ।
नेपालमा वैदेशिक लगानी भित्राउन मुस्किल पर्ने गरेकोतर्फ इंगित गर्दै पाण्डेले भेतनामकै हेर्ने हो भने एउटा लगानी गर्न सबै कन्फमेसन फम पहिले भरेपछि त्यहाँको राज्यमा बुझाएपछि सरकारले गर्ने काम २ घन्टामै सकिने बताउनुहुन्छ । नेपालमा वैदेशिक लगानी ल्याउनै मुस्किल रहेको बताउँदै अन्य देशहरुबाट दलहरुले सिक्नुपर्नेमा जोड दिनुभयो ।
भुगोलले ठूलो तर जनसंख्या कमी भएपनि कतिपय देशहरु विकशील भइरहेकोतर्फ इन्कित गर्दै पाण्डेले भन्नुभयो–‘अष्टेलिया हेर्ने हो भने नेपालभन्दा कैयौँ गुणा भूगोलले ठूलो देश भएपनि जनसंख्या नेपालको भन्दा कम छ । साढे २ करोड जनसंख्या भएको अस्टेलियाले इकोनोमीलाई कसरी उनीहरुले अघि बढाए त्यसबाट पनि नेपालले सिक्न जरुरी छ । अस्टेलियाले हरेक हप्ता काम गरेको तलब दिन्छ, अर्थतन्त्रमा जति धेरै पैसा चलायमान हुन्छ, त्यति पैसा बढ्ने हो । नेपालले विकसित मुलुकको विकासको मोडालिटी हेरेर अघि बढ्न जरुरी छ भने भारत, बंगलादेशहरुले गरिरहेको प्रगतिबाट पनि सिक्न जरुरी छ । इन्डोनेसिया, लाओस्, आफ्रिकी मुलुक घानाले व्यवसायीहरुलाई नियमन गर्ने कानूनहरुका बारेमा समेत नेपालले सिक्न जरुरी छ । केही देशले लागत बढ्दो भएपनि निर्यातमा ठूलो फड्को मारिरहेका छन् त्यो कसरी गरिरहेका छन्, अध्ययन गरेर नेपालले सिक्न जरुरी छ ।’
उहाँका अनुसार अनुशासित हिसावले राज्य सञ्चालन गर्ने हो भने कुनै प्रकारको घोषणापत्र नै चाहिँदैन । घोषणा गर्नमा भन्दा पनि काम गर्ने मानसिकता दलहरुले बनाउन जरुरी छ । मुलुकको अर्थतन्त्र बढ्ने हो भने नेपालीहरु सुखी बन्न सक्नेछन् । देश धनी नबनेसम्म केही नहुने उहाँको बुझाइ छ । अर्थतन्त्र चलायमान बनाउन सक्ने हो भने मुलुकले पाँच वर्षमै फड्को मार्न सम्भव रहेको पाण्डेको बुझाइ छ ।–न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन
काठमाडौ। सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात...
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।...
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...




