अन्तर्राष्ट्रिय

रूसी सरकारद्वारा पत्रकारिता विकासमा २५० हजार डलर सहयोग

रूसी सरकारले पत्रकारिता विकास तथा पत्रकारहरूको सुरक्षाका लागि २५० हजार अमेरिकी डलर (करीव ३ करोड ३५ लाख नेपाली रुपैयाँभन्दा बढी) सहयोग उपलब्ध गराउने भएको छ । यो रकम संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) अन्तर्गतको अन्तर्राष्ट्रिय सञ्चार विकास कार्यक्रम (आईपीडीसी) मार्फत परिचालन हुनेछ ।

यो सहयोग मुख्य रूपमा अफ्रिकी देशहरू माली, मलावी, घाना, केन्या, सेनेगल र नेपालमा मिडिया सम्बन्धी परियोजनाहरू सञ्चालन गर्न प्रयोग गरिने बताइएको छ । परियोजनाहरू आगामी १८ महिनामा कार्यान्वयन हुने बताइएको छ ।

रूसी सहयोग विशेष गरी पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, अनलाइन हिंसा न्युनिकरण तथा मिडिया तथा सूचना साक्षरता विकासमा केन्द्रित हुनेछ । नेपालले माग गरेको पत्रकारिता नैतिकता तालिम परियोजना पनि यसै अन्तर्गत समावेश गरिएको छ । रूसको युनेस्कोस्थित स्थायी मिसनमार्फत उपलब्ध गराइएको यो स्वेच्छिक योगदान रूसी सरकारको आदेशअनुसार दिइएको हो ।

रूसका युनेस्को प्रतिनिधि रिनात अलाउत्दिनोभले रूसी मिडियासँग कुरा गर्दै ग्लोवल साउथका देशहरूसँग सहकार्य गर्दै पत्रकार सुरक्षादेखि मिडिया विकाससम्म सहयोग गर्न रूस तयार रहेको बताउनु भयो । उहाँले आईपीडीसीमार्फत उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने, पत्रकारहरूको अधिकारको वकालत गर्ने, उनीहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्ने तथा मित्र राष्ट्रहरूलाई मिडिया विकासमा सहयोग गर्ने रूसको नीति रहेको उल्लेख गर्नुभयो ।

रूसले अफ्रिकी देशहरूसँग ऐतिहासिक सम्बन्ध र अफ्रिकाको बढ्दो वैश्विक महत्वलाई ध्यानमा राख्दै यो क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिएको छ । यो योगदानले अफ्रिका तथा नेपालजस्ता विकासशील देशहरूमा मिडियाको सुदृढीकरणमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास

ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास

काठमाडौं। आज (शुक्रबार) अमेरिका र इरानबिच ओमानमा आणविक वार्ता हुँदै छ। त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको...

पुटिनको हतियार तैनाथीसम्बन्धी प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक आणविक हतियार तैनाथीसम्बन्धी सीमा विस्तार गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको प्रस्ताव अस्वीकार...

अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक

अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक

इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स ९आईआरजीसी० ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ...

हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप

हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप

हमासले इजरायलले गाजा पट्टीमा मानवीय सहायता सामग्रीको प्रवेशमा निरन्तर प्रतिवन्ध लगाएको आरोप लगाएको छ । जसले गर्दा बिग्रँदो जाडोको...