नेप्से घट्यो
काठमाडौं। सेयरबजारमा आज ८ अर्ब ६३ करोडको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक नेप्से भने १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा झरेको छ।
यस दिन ६६ वटा सेयरको मूल्य बढे पनि १९० वटाको घटेको र तीनवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। मंगलबार कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ आम्दानी गरे। यसबाहेक एचएलआई लार्ज क्याप फन्डका लगानीकर्ताले पनि ९.९५ प्रतिशत कमाएका छन्र बाँकी सेयरहरु अधिकतम ५.७९ प्रतिशतसम्म बढेका छन्।
घटेकामा सान्भी इनर्जी, प्योर इनर्जी, शिवश्री हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनीलगायत छन्। यी सेयरहरु अधिकतम ४.६३ प्रतिशतसम्मले ओरालो लागेका छन्।
कारोबारमा आज एसवाई प्यानल अगाडि रह्यो। कम्पनीको ५९ करोडको कारोबार हुँदा आखुखोला जलविद्युत्को ४१ करोड, युनियन हाइड्रो ३२ करोड, पिपुल्स पावर २५ करोड र बन्दीपुर केवलकार २४ करोडको कारोबार भयो।
आज सामूहिक लगानी कोष, उत्पादन तथा प्रशोधन, होटल र पर्यटन क्षेत्र बढे पनि बाँकी सबै राताम्य रहेको नेप्सेले जनाएको छ।
ताजा अपडेट
-
१.
जेनजी विध्वंसमा सेनाको भूमिका सन्तोषजनक देखिएन : कार्की आयोग
-
२.
रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी
-
३.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
४.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
५.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...




