गोरखाका २३ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट मतपत्र लैजानुपर्ने
काठमाडौं। आगामी २१ फागुन हुन प्रतिनिधिसभाको निर्वाचनको तयारीका सम्बन्धमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गोरखाको स्थलगत अनुगमन भ्रमण गरेका छन् ।
मंगलबार गोरखा गएका अर्थमन्त्री खनालले अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थिति तीनवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिएका छन्।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले गोरखा जिल्लामा निर्वाचन आचारसंहिता उलंघनका कुनै पनि उजुरी नपरेको जानकारी गराएका छन् । तथापि, जिल्लाको २३ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट मतपत्र लगायतका सामाग्री ढुवानी गर्नु पर्ने अवस्था रहेको अर्थमन्त्री खनाललाई जानकारी गराएका छन् ।
यस्तै जिल्लाको ८३ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको पनि उनले जानकारी गराएका छन् ।
अनुगमनका क्रममा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका छन् । सो क्रममा मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतम, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मोहन वेल्वासे, जिल्ला निर्वाचन कार्यालय गोरखाका कार्यालय प्रमुख टेक बहादुर कोइरालाले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका छन् ।
निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्चात अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि वढेको र स्थानीयस्तरमा राजनीतिक दलहरु बीच निर्वाचनका क्रममा स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भैरहेको आफुलाई अनुभूति भएको बताएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...
बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते
बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...




