Breaking News

तेस्रो चरणको दौडाहा थाल्दै बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज तेस्रो चरणको जिल्ला दौडाहामा निस्कँदै हुनुहुन्छ। पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा पुगेर काठमाडौँ फर्किनुभएका बालेन त्यसपछि सुदूरपश्चिमको यात्रामा निस्किनुभएको हो।

काठमाडौँबाट सोमबार झापा फर्किएका बालेन मङ्गलबार दिनभर आफ्नो क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्त हुनुभयो। बुधबार बिहान भने उहाँले मोरङको उर्लाबारीबाट फरक जिल्लाको यात्रा तय गर्दै हुनुहुन्छ। आज उहाँले मोरङका विभिन्न पालिकासँगै सुनसरी र उदयपुर जिल्लामा कार्यकर्ता भेटघाट कार्यक्रम राख्नुभएको छ।

बुधबार बिहान मोरङको उर्लाबारीबाट सुरु भई उदयपुरसम्म पुग्ने उनको कार्यतालिका छ। उनको सचिवालयले मोरङ, सुनसरी र दिउँसो उदयपुरको तालिका सार्वजनिक गरेको हो। उर्लाबारीबाट बिहान ७ बजे प्रस्थान गरी पथरी, लेटाङ पुग्ने कार्यक्रम छ। लेटाङबाट ५० मिनेटको यात्रा पछि डायनिया पुग्ने कार्यतालिका रहेको छ। त्यसपछि बालेन विराटनगरको बरगाछी क्षेत्रमा पुग्नेछन्।

विराटनगरबाट दुहबी हुँदै इटहरी पुगेर डेढ घण्टा छलफल गर्ने कार्यक्रम छुट्याइएको बालेनको सचिवालयले जनाएको छ। कार्यकर्ता भेटघाट तथा छलफलपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा पुग्ने र त्यहाँबाट साढे १२ बजेपछि बराहक्षेत्रतर्फ लाग्ने तालिका बनाइएको छ। बराहक्षेत्रपछि अन्तिम गन्तव्य उदयपुरका तय गरिएको छ।

बुधबार दिउँसो ४ बजेसम्म उनी उदयपुर पुग्नुहुनेछ। यो क्रममा बालेनले आफ्ना कार्यकर्तासँग भेटघाट उम्मेदवारहरूसँग छलफल तथा मतदातासँग अन्तक्रिया गर्नुहुने छ।

सम्बन्धित समाचार

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...