हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्छः नवराज सिलवाल
काठमाडौँ। नेकपा एमालेका नेता नवराज सिलवालले हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नेगरी सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल कानून समाजले मंगलवार विज्ञहरुसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले मौसम लगायतको कारण हिमाली क्षेत्रमा निर्वाचन सार्नुपर्ने बताउनुभएको हो । नेता सिलवालले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारको तयारीले अब मुलुक निर्वाचनमा प्रवेश गरिसकेको निष्कर्षमा पुग्न सकिने बताउनु भयो ।
उहाँले हिमाली क्षेत्रमा भौगोलिक चुनौतिबाहेक अब अन्य सुरक्षा चुनौतिका कारण निर्वाचन रोकिने अवस्था नरहेको बताउनु भयो । उहाँले संसद पुनःस्थापनाको लागि सर्वोच्च अदालतमा पेश भएको मुद्दाको सुनुवाई नभएको भने असन्तुष्टी जनाउनु भयो । अदालतले समयमै स्पष्ट धारणा राख्न सकेमा न्यायालयको गरिमा अझ बढ्ने उहाँको भनाई छ ।
अदालतले मुद्दा आइसकेपछि त्यसलाई ‘एस अर नो’ के हो भन्ने विषयमा स्पष्ट रुपमा समयमा नै फैसला गर्न आवश्यक रहेको बताउनु भयो । सिलवालले बंगलादेशमा सन् २०२४ को अगस्तमा भएको हिंसा र त्यसपछि बनेको अन्तरिम सरकारले दुई वर्षसम्म पनि निर्वाचन गर्न नसकेको उल्लेख गर्नुभयो । तर नेपालमा भने भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि पनि संविधानअनुसार नै निर्वाचन प्रक्रिया अघि बढिरहेको बताउनु भयो । वर्तमान संविधानअनुसार नै नयाँ र पुराना शक्तिहरु एक ठाउँमा आएर निर्वाचनमा होमिनुले नेपाल शान्तिपूर्ण भएको सन्देश दिन सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचनको लागी हामी धेरै अगाडी बढिसकेका छौँ । राजनीतिक दलहरु, निर्वाचन आयोग, सुरक्षा निकाय, सरकारको जुन खालको तयारी छ, यसले मुलुक निर्वाचनमा गएको भन्ने निष्कर्ष निकाल्न सकिन्छ । सर्वोच्च अदालतमा पेश भएको मुद्दामा अदालतले बोल्दिनुपथ्र्यो । कोर्ट अफ ल ले चाहीँ ईस्यू आईसकेपछि त्यसलाई एस अर नो के हो भन्ने विषयमा चाहीँ बोदिदिएको भए हाम्रो न्यायलयको महत्व र गरिमा बढ्ने थियो । निर्वाचन चाँही हुने भयो, मलाई के लाग्छ भने हिमाली क्षेत्रमा चाँही दोस्रो चरणमा निर्वाचन हुने ढंगले सरकार जानुपर्छ भन्ने परिस्थिति निर्माण हुनसक्छ । त्यो बाहेक अरु खालका सुरक्षा चुनौतीहरुले निर्वाचन रोकिने अवस्था छैन । अलि अलि हिंसाहरु र चुनौतीहरु त भई नै हाल्छ । बंगलादेशमा हेर्नुस्, त्यहाँको अगस्त २०२४ मा भएको हिंसा र त्यसपछि आएको अन्तरिम सरकारले दुई वर्षसम्म पनि निर्वाचन गर्न सकेन । तर हामी जेन–जीको जुन आन्दोलन भयो, भदौको २३ र २४ मा । त्यसपछाडी हामी अहिले जुन ढंगले निर्वाचनमा गरिरहेको छौँ, हाम्रो संविधान अनुसार नै नयाँ र पुराना शक्तिहरु आईराख्दा हामी शान्तिपूर्ण समाजमा छौँ । त्यसले गर्दा चुनाव हुँदैन की भन्ने शंकाबाट अब मुलुक अगाडी बढिसक्यो ।’
उहाँले निर्वाचनपछि आउने परिणाम भने मिश्रित हुने हुँदा जेनजी आन्दोलनमा उठेका मुद्दाहरु संम्बोधन गर्न नसकिने बताउनु भयो । उहाँले हालको निर्वाचन प्रणालीले एउटै राजनितिक दलले बहुमत ल्याउन नसक्ने उल्लेख गर्नुभयो । उहाँले बहुमत ल्याउन नसक्दा आफ्ना घोषणापत्र लागू गर्न पनि दलहरुलाई समस्या भएको उल्लेख गर्नुभयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...




