टर्कीको जनवरीमा मासिक मुद्रास्फीतिमा वृद्धि
टर्कीको आधिकारिक तथ्याङ्कअनुसार जनवरी महिनामा मासिक मुद्रास्फीतिमा तिब्रता आएको छ भने वार्षिक मुद्रास्फीति अझै ३० प्रतिशतभन्दा माथि रहेको छ ।
टर्की तथ्याङ्क संस्थानले मंगलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उपभोक्ता मूल्य अघिल्लो महिनाको तुलनामा ४।८४ प्रतिशतले बढेको छ, जुन अपेक्षा अनुसार नै रहेको छ । वार्षिक आधारमा भने डिसेम्बरको ३०।८९ प्रतिशतबाट सामान्य घटेर जनवरीमा मुद्रास्फीति ३०।६५ प्रतिशत कायम भएको छ । तथ्याङ्कका अनुसार मुख्य तीन खर्च समूहहरूमा मूल्य वृद्धि जारी रहेको छ ।
वार्षिक आधारमा खाद्य र गैर–अल्कोहल पेय पदार्थमा ३१।६९ प्रतिशत, यातायातमा २९।३९ प्रतिशत र आवास, पानी, बिजुली, ग्यास तथा अन्य इन्धन समूहमा ४५।३६ प्रतिशतको वृद्धि देखिएको छ । टर्कीका अर्थमन्त्री मेहमेत सिम्सेकले सामाजिक सञ्जाल एक्समार्फत खराब मौसमका कारण खाद्य सामग्रीको मूल्यमा भएको तीव्र वृद्धिले जनवरीको मुद्रास्फीति बढाएको उल्लेख गरेका छन् ।
यद्यपि उनले सेवा क्षेत्रको मुद्रास्फीतिमा निरन्तर गिरावट आएको र मुख्य वस्तुहरूको मुद्रास्फीति १७।४ प्रतिशतमा सीमित रहेको बताएका छन् । टर्की विगत केही वर्षदेखि उच्च मुद्रास्फीतिसँग जुधिरहेको छ । जसले घरपरिवारको क्रयशक्ति र व्यवसायिक लागतमा भारी असर पारेको छ ।
ताजा अपडेट
-
१.
सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धी नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं
-
२.
बढ्यो काठमाडौँको तापक्रम
-
३.
सर्वोच्चले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा काँग्रेस सांसद ढुंगानाको असन्तुष्टि
-
४.
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
-
५.
टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास
काठमाडौं। आज (शुक्रबार) अमेरिका र इरानबिच ओमानमा आणविक वार्ता हुँदै छ। त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको...
पुटिनको हतियार तैनाथीसम्बन्धी प्रस्ताव ट्रम्पद्वारा अस्वीकार
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक आणविक हतियार तैनाथीसम्बन्धी सीमा विस्तार गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको प्रस्ताव अस्वीकार...
अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स ९आईआरजीसी० ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ...
हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप
हमासले इजरायलले गाजा पट्टीमा मानवीय सहायता सामग्रीको प्रवेशमा निरन्तर प्रतिवन्ध लगाएको आरोप लगाएको छ । जसले गर्दा बिग्रँदो जाडोको...




