ट्रम्पद्वारा बजेट प्याकेजमा हस्ताक्षर, आंशिक सरकारी शटडाउन अन्त्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार एक वृहत बजेट प्याकेजमा हस्ताक्षर गर्नुभएको छ । जसले शनिवारदेखि शुरु भएको आंशिक सरकारी शटडाउनलाई अन्त्य गरिदिएको छ । शुक्रवार सिनेटबाट स्वीकृत भएपछि मंगलबार दिउँसो यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट झिनो मतले पारित भएको थियो ।
यो पछिल्लो प्याकेजले आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक वर्षको बाँकी अवधिका लागि धेरै अमेरिकी संघीय निकायहरूलाई बजेट उपलब्ध गराउनेछ । यी निकायहरूमा रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य र मानव सेवा मन्त्रालय, श्रम मन्त्रालय, यातायात मन्त्रालय, र आवास तथा सहरी विकास मन्त्रालय समावेश छन् ।
शुरुमा वृहत बजेट प्याकेजमा समावेश गरिएको गृह सुरक्षा मन्त्रालय (डीएचएस) को बजेट भने हटाइएको छ । यसको सट्टा उक्त मन्त्रालयलाई हालको बजेट स्तरमा दुई हप्ताको निरन्तर प्रस्ताव (कन्टिन्युइङ रिजोलुसन) दिइनेछ । जसले दुवै पक्ष र ह्वाइट हाउसलाई आप्रवासन प्रवर्तनमा वार्ता जारी राख्न समय दिनेछ । मिनियापोलिस राज्यमा संघीय सुरक्षाकर्मीहरूद्वारा गरिएका हालैका दुई घातक गोलीकाण्डले डेमोक्र्याटहरूलाई आप्रवासन निकायहरूको सञ्चालन विधिमा परिवर्तन खोज्न प्रेरित गरेको छ ।
सिनेटका अल्पसंख्यक नेता चक शुमरले अध्यागमन र भन्सार प्रवर्तन (आईस) लाई कानूनी रूपमा उचित नियन्त्रण र सुधार नगरेसम्म डीएचएस बजेट विधेयक सिनेटबाट पारित हुन आवश्यक मत प्राप्त नहुने बताएका छन्।
हालका वर्षहरूमा, रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बीचको राजनीतिक ध्रुवीकरण तिब्र हुँदै जाँदा अमेरिकी संघीय सरकार पटक–पटक शटडाउन वा शटडाउनको संघारमा पुग्ने संकटमा फसेको छ । ४३ दिनसम्म चलेको कीर्तिमानी संघीय सरकारको शटडाउन दुई महिना भन्दा बढी समयअघि मात्र अन्त्य भएको थियो ।
ताजा अपडेट
-
१.
सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धी नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं
-
२.
बढ्यो काठमाडौँको तापक्रम
-
३.
सर्वोच्चले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा काँग्रेस सांसद ढुंगानाको असन्तुष्टि
-
४.
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
-
५.
टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन
काठमाडौ। सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात...
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।...
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...




