अन्तर्राष्ट्रिय

इरानको राजधानीमा आगलागी

इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार मंगलवार राजधानी तेहरानको एक बजारमा भीषण आगलागी भएको छ । तेहरान वारुण यन्त्र विभागका प्रवक्ता जलाल मालेकीलाई उद्धृत गर्दै इर्नाले जनाएअनुसार पश्चिमी तेहरानको जन्नत आवाद क्षेत्रमा आगलागी भएको थियो ।

खबर प्राप्त हुनासाथ पाँचवटा वारुण यन्त्र केन्द्रबाट अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । मालेकीकाअनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

करिव २ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको एउटा टहराबाट आगो शुरु भएको थियो । तेहरानको आपतकालीन चिकित्सा सेवा संगठनका प्रवक्ता शेर्विन ताब्रिजीले घाइतेहरूलाई अस्पताल लैजान चारवटा एम्बुलेन्स र एउटा एम्बुलेन्स बस परिचालन गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास

ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास

काठमाडौं। आज (शुक्रबार) अमेरिका र इरानबिच ओमानमा आणविक वार्ता हुँदै छ। त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको...

पुटिनको हतियार तैनाथीसम्बन्धी प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक आणविक हतियार तैनाथीसम्बन्धी सीमा विस्तार गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको प्रस्ताव अस्वीकार...

अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक

अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक

इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स ९आईआरजीसी० ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ...

हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप

हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप

हमासले इजरायलले गाजा पट्टीमा मानवीय सहायता सामग्रीको प्रवेशमा निरन्तर प्रतिवन्ध लगाएको आरोप लगाएको छ । जसले गर्दा बिग्रँदो जाडोको...