Breaking News

संसद पुनःस्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैनः महेश बस्नेत

काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतले संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदालतले जिम्मेवारीबाट पन्छिन नपाउने बताउनुभएको छ। प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले आफ्नो फैसला तत्काल दिनुपर्ने बताउनुभएको हो। उहाँले अदालत डराएर न्यायिक प्रक्रियामा ढिलाई भईरहेको उल्लेख गर्नुभयो। बस्नेतले न्यायिक प्रक्रिया कसैको डर, दबाब, लोभ–प्रलोभन तथा हस्तक्षेपमा पर्न नहुने बताउनुभयो।

महाभियोगको डर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण न्यायाधीशहरू निर्णयबाट पन्छिएको अवस्था देखिएको उहाँको दाबी छ। उहाँले प्रधानन्यायाधीश लगायत न्यायाधीशहरू रोग लागेको बहानामा अनुपस्थित हुने, फोन अफ गर्ने र निर्णयबाट पन्छिने प्रवृत्ति देखिएको बताउनुभयो। यसवाट देश ठूलो वैदेशिक आक्रमणको अवस्थामा रहेको अनुभुति भएको उहाँको भनाइ छ।

उहाँले सर्वोच्च, उच्च र जिल्ला अदालतसँगै समग्र न्यायिक प्रणाली नै जलिरहेको अनुभुति भएको बताउनु भयो। बस्नेतका अनुसार संसद पुनस्र्थापनाको विषयमा सर्वोच्च अदालतले स्पष्ट निर्णय गर्न ढिलाइ गर्दा मुलुक अन्योलमा परेको छ।

उहाँले भन्नुभयो, ‘न्यायिक पक्रिया आतंकित भएर, डराएर र लोभ प्रभोलनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने भोली महाभियोग पर्ला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय सामु डराउने, पन्छिने देखिएको छ। त्यो प्रवृत्ति संसद पुनःस्थापनाको न्यायिक निरुपनको विषय अल्झिएको छ। आज पनि पेसी चढ्छ भनेर हामीले अपेक्षा गरेको पनि तारिकमा स¥यो। प्रधानन्यायाधीश लगायतका न्यायधीहरुहरु लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ । यसबाट के बुझिन्छ भने हामी निकै ठुलो वैदेशिक आक्रमणमा छौँ । हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै जलेका होईनन्, हाम्रो न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ । संसद पुनस्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन । यसको निरुपण तत्कालै गर्नुपर्छ । संसद पुनस्थापना हुने हो भने निर्वाचनको नाममा भईरहेको यो सारा गतिविधि र खर्चहरु अनावश्यक हुन्छ र नहुने हो भने ढुक्कसंग निर्वाचनमा जाने हो।’

उहाँले वर्तमान सरकारले निर्वाचन स्वच्छ ढंगले गर्न नसक्ने पनि आरोप लगाउनु भयो। उहाँले कुनै अमुक दललाई जिताउनको लागी सरकार दुई चरणमा निर्वाचन गर्ने लगायतका गतिविधि गर्न लागेको आरोप लगाउनुभयो। उहाँले झापा क्षेत्र नम्बर ५ मा प्रहरीले नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई भोट मागिरहेको बताउनुभयो। – न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

ओली टिचिङ अस्पतालमा भर्ना

ओली टिचिङ अस्पतालमा भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...

औपचारिकरूपमै सडक संघर्षमा एमाले

औपचारिकरूपमै सडक संघर्षमा एमाले

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...