मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न पहल गर्छुः स्वास्थ्यमन्त्री गौतम
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ।
बुधवार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री गौतमले मानसिक रोगका विरामीहरुलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने प्रश्ताव अस्पतालले गरेको र त्यसलाई आफूले अघि बढाउन चाहेको पनि स्पष्ट पार्नुभयो । त्यस अवसरमा उहाँले निर्वाचन आचारसंहिताका कारण आफूले धेरै काम गर्न सक्ने अवस्था नरहेको पनि बताउनु भयो ।
मन्त्री गौतमले भन्नुभयो,‘उहाँले यसलाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा यो अस्पताललाई विकास गरौ भन्नु हुन्छ । हाम्रो समाजमा मानसिक स्वास्थ्य र मानसिक अस्पताल भन्न साथै विरामी मनोरोगी भन्न साथै एक प्रकारको स्टिग्मा छ । जुन जसलाई अलि हेय भावले त्यस्ता विरामीहरुलाई हेर्ने प्रचलन छ । जुन सरासर लगत कुरा हो । किनभने जसरी ब्लड प्रेसर बढयो अथवा चिनीको विरामी भयो, अथवा क्यान्सरको विरामी भयो । त्यस्तै प्रकारले हाम्रो सम्पूर्ण सरिरलाई रेगुलेट गर्ने जुन हाम्रो ब्रेन हुन्छ, माइन्ड हुन्छ । त्यसमा तलमाथि पर्न र उपचारको आवश्यकता पर्नु यो सामान्य कुरा हो । तर त्यसलाई हामीले नबुझेर धेरै हेयभावले हेर्दछौँ । जुन गलत हो । त्यसले गर्दा यो राष्ट्रिय मनोस्वास्थ्य केन्द्र भन्यो भने अस्पताल भन्ने स्टिग्माबाट यो हटछ भन्ने उहाँको सोच छ । यो मलाई सही लागेको छ । अहिले त आचारसंहिता लगायत विभिन्न कुराहरु छन् । मैले कतिको सकुला, त्यो मलाई थाहा छैन । तर म प्रयास निकै गर्छु । अव आउने सरकारले त्यो काम गरिदेओस । यसको उपचारको क्रममा देखिएका स्टिग्मा हटाउने प्रयास गरिदेओस् भनेर म फेरि पनि आउने सरकारलाई म भन्न चाहन्छु ।’
मन्त्री गौतमले नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएकाले यसको उपचारका लागि उचित व्यवस्था गर्न अब आउने सरकारले विशेष ध्यान दिन आवश्यक रहेको समेत बताउनु भयो ।–न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
२.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
३.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
४.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
-
५.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...
एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरु कुनैपनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था...




