प्रमुख प्रशासकीय अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ। हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ताँजाकोट गाउँपालिकाबाट स्वास्थ्य उपकरण खरिद गर्दा वदनियतपूर्ण खरिद गरेकोभन्दा बढी औषधिको विवरण थप गरी बिलको रकम अङ्क तथा अक्षरमा सच्याई थपघट गरी गराई नक्कली बिल भरपाइको आधारमा भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ।
आयोगका अनुसार सो गाउँपालिकाका ढकालसहित स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सह–लेखापाल विर्षसिंह सुनारविरुद्ध एक लाख ९१ हजार ८५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
यसैगरी, आर्यन फार्मा नेपालगञ्जका सञ्चालक कृष्ण कुमार भुजुवाविरुद्ध एक लाख ९० हजार आठ सय रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको अयोागले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रकम एक लाख ९१ हजार ८५० रुपियाँ कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। रासस
ताजा अपडेट
-
१.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
२.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
३.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
-
४.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
-
५.
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...




