खेलकुद

क्यानडाविरुद्ध मैदान उत्रदै नेपाल

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी टी २० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुने छ।

दुई दिनअघि नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा दीपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्थशतक बनाएका थिए। उनीहरु उच्च लयमा छन्। नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ। आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ।

नेपालको समूह स्कटल्याण्ड, इंग्ल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्। नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने छ।

नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ।

सम्बन्धित समाचार

टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै

टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै

काठमाडौँ। विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार सुरु हुँदैछ। भारतका पाँच शहरका पाँच...

मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की...

महिला प्रिमियर लिगको उपाधि आरसीबीलाई

महिला प्रिमियर लिगको उपाधि आरसीबीलाई

काठमाडौं। रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसीबी)ले दोस्रोपटक महिला प्रिमियर लिग टी– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आरसीबीले बिहीबार...

आशिफको अर्धशतकमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी

आशिफको अर्धशतकमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी

काठमाडौँ। आईसीसी टी २० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले...