राजनीति

‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्’ : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दाबी दोहो¥याउनुभएको हो । सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उहाँको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै संयोजक दाहालले सामाजिक सञ्जालमा हाहा र हुहु गरेर केही पनि नहुने टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको बताउनुभयो ।

उहाँले फागुन २१ मै निर्वाचन हुने भन्दै कसैलाई पनि शंका नगर्न आग्रह पनि गर्नुभयो

उहाँले भन्नुभयो, ‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ । सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन । यो राष्ट्रले बुझिसकेको छ राष्ट्रलाई एकतावद्ध गर्नसक्ने, सबैलाई जोड्न सक्ने अनि भ्रष्टाचारका विरुद्ध र सामाजिक न्यायका पक्षमा, सुशासन र आर्थिक विकासका पक्षमा अगाडि लान सक्ने तथा विश्वभरीका हाम्रा मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेता र पार्टी को हो भने नेपाली जनताले बुझिसकेको छ । त्यसकारण यो पटक सही किसिमले निर्वाचन हुँदा हामी यो पटक सही पोजिसनमा आउँछौँ । अझैपनि कतिपय मान्छेहरुले निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्ने गर्नुभएको छ । दोस्रो संविधान सभाको निर्वाचनको बेलमा पनि यस्तै अवस्था थियो । हाम्रो शंकालु मानसिकता र कन्फ्युजन वातावरणमा छन् । म तपाईलाई भन्न चाहन्छु । चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ । म सरकारलाई पनि के सुझाव राख्न चाहान्छु भने दुई चरण भनेर नगरियोस् चुनाव एकै चरणमा होस् । चुनाव निष्पक्ष रुपमा हुने वातावरणको ग्यारेन्टी गरियोस् ।’

उहाँले निर्वाचन देशभर एकै चरणमा गर्न सरकारलाई आग्रह पनि गर्नुभयो । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने ग्यारेन्टी सरकारले दिनुपर्ने उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

ओली टिचिङ अस्पतालमा भर्ना

ओली टिचिङ अस्पतालमा भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...

औपचारिकरूपमै सडक संघर्षमा एमाले

औपचारिकरूपमै सडक संघर्षमा एमाले

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...