इजरायली आक्रमणमा गाजा पट्टीमा २१ प्यालेस्टाइनीको मृत्यु
गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलकाअनुसार इजरायली सेनाले बुधवार बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा भीषण आक्रमण शुरु गरेको थियो । खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा दुई महिला र एक प्यारामेडिकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी गाजा शहरको पूर्वी भेगमा पर्ने जैतुन र तुफाह क्षेत्रको बाहिरी इलाकामा गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित १४ जनाको ज्यान गएको छ । सो आक्रमणमा कैयौँ मानिस घाइते भएका छन् । जसमध्ये केहीलाई उपचारका लागि अल–शिफा मेडिकल कम्प्लेक्समा लगिएको छ ।
यसअघि खान युनिसको दक्षिणमा पर्ने किजान रशवान क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको थियो । स्थानीय प्रत्यक्षदर्शी मोहम्मद हमादाले इजरायली सेनाको आकस्मिक आक्रमणको निन्दा गर्दै सात दिनको नवजात शिशुले समेत ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् । हमासले इजरायली सैन्य कारबाहीलाई युद्धविराम सम्झौता र विद्यमान समझदारीको घोर उल्लंघनको रूपमा व्याख्या गरेको छ ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २०२५ अक्टोबर १० मा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा परी ५५६ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने १ हजार ५ सय भन्दा बढी मानिस घाइते भएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास
काठमाडौं। आज (शुक्रबार) अमेरिका र इरानबिच ओमानमा आणविक वार्ता हुँदै छ। त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको...
पुटिनको हतियार तैनाथीसम्बन्धी प्रस्ताव ट्रम्पद्वारा अस्वीकार
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक आणविक हतियार तैनाथीसम्बन्धी सीमा विस्तार गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको प्रस्ताव अस्वीकार...
अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स ९आईआरजीसी० ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ...
हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप
हमासले इजरायलले गाजा पट्टीमा मानवीय सहायता सामग्रीको प्रवेशमा निरन्तर प्रतिवन्ध लगाएको आरोप लगाएको छ । जसले गर्दा बिग्रँदो जाडोको...




