गण्डकी
२२ माघ २०८२ १२:३९
खबर सेवा · More from author
पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
खबर सेवा
पर्वत। जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो ।
यही माघ २७ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकाले खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले किशोरीहरूलाई आग्रह गर्नुभयो । उहाँका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाइने छ ।
यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने उहाँले जानकारी दिनुभयो । जिल्लामा खोप अभियान एकै चरणमा सञ्चालन गरिने जनाइएको छ । अभियानका लागि १२७ स्वास्थ्यकर्मी र १२७ स्वंसेवक परिचालन गरिने कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।
महिलाको शारिरीक तथा प्रजनन स्वास्थ्यसँग जोडिएको एचपिभी खोप लगाउने अभियानलाई सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । पाठेघरको मुखमा हुने क्यान्सरजस्तो प्राणघातक रोगप्रति सबै सचेत र सजग हुनुपर्ने बताउँदै उहाँले कोही पनि खोप लागउन छुट्न नहुने धारणा राख्नुभयो । उहाँले अभियानमा छुटेकालाई थप एक साताको समय दिएर समावेश गरिने जानकारी दिनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक विष्णुराम विकले खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस् भनेर प्रचारप्रसारलाई तीव्र बनाइएको बताउनुभयो । उहाँले खोप पूर्ण रूपमा सुरक्षित रहेकाले यसप्रति नकारात्मक धारणा नबनाउन सबैलाई आग्रह गर्नुभयो ।
योसँगै जिल्लाका सात वटै पालिका र वडास्तरमा पनि खोप अभियान सञ्चालनको तयारी भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । जिल्लामा गत वर्ष चार हजार ७४९ जनालाई एचपिभी खोप लगाइएको थियो ।
ताजा अपडेट
-
१.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
-
२.
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
-
३.
राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव
-
४.
निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा
-
५.
अञ्जन श्रेष्ठको कार्यकाल अभूतपूर्व हुनेछ, उनले रोजेको टिमलाई जिताऔंः शेखर गोल्छा
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
७ चैत २०८२ १४:१४
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
७ चैत २०८२ १०:०४
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...
६ चैत २०८२ १६:२१
बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते
बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...
४ चैत २०८२ १८:५६




