Breaking News

आशिफको अर्धशतकमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी

काठमाडौँ। आईसीसी टी २० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । नेपालले १२ बल बाँकी हुँदा लक्ष्य भेट्टाएको हो ।

चेन्नईस्थित एमए चिदाबरम मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो ।

क्यानडाका लागि नवनित ढलिवालले ४१ रन बनाउनुभयो। यस्तै श्रीयस मोभाले अविजित ३८, कानवार्पल टाथगुरले २५, जसकरण सिंहले २१ र निकोलश किर्तनले १० रन बनाउनुभयो।

बलिङमा नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो ।

१६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफ शेखले अर्धशतक बनाउनुभयो । २९ बलको सामना गर्दा ६ चौका र तीन छक्काको मद्दतमा उहाँले ५८ रन बनाउनुभएको हो । सन्दीप जोराले ४४ रन जोड्नुभयो भने गुल्सन झाले नटआउट ३१ रन बनाउनुभयो ।

ओपनर कुशल मल्ल १२ रनमा आउट हुनुभएको खेलमा शेख रिटायर्ड हट भएपछि क्रिजमा गुल्सन झा पुग्नुभएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ९ रन बनाउनुभएको खेलमा लोकेश बमले पाँच रन थप्नुभयो ।

यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेल सोही मैदानमा संयुक्त अरव इमिरेट्स (यूएई) माथि सात विकेटको जित निकालेको थियो ।

नेपालले यसअघि विश्वकपको तयारी स्वरुप भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट ११ सँग दुई वटा अभ्यास खेल खेलेको थियो । त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेलेर भारत गएको हो ।

नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले सन् २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो ।

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबिच प्रतिस्पर्धा हुँदैछ । सहभागी देश (टोली) लाई चार समूहमा विभाजन गरिएको छ।

जसमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्नेछ ।

यस्तै समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । पाकिस्तान सरकारले समूह चरणमा भारतसँग नखेल्ने घोषणा गरेको छ ।

आइसिसीले यस विषयमा पाकिस्तानलाई सहमतिमा समाधान खोज्न आग्रह गरिरहेको छ । पाकिस्तान खेलेन भने उक्त खेलमा भारतले स्वत दुई अङ्क पाउनेछ ।

यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छ भने समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ ।

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । सेमिफाइनल विजेताबिच उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।

सम्बन्धित समाचार

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

काठमाडौँ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...

चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ

चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ

गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ...

निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ

निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार...