Breaking News

सिंहदरबार जलाउने युवक नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाउने कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबारमा पनि आगजनी गरिएको थियो। सिंहदरबारमा आगजनी गर्ने व्यक्तिहरू खोजी गर्ने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले बिहीबार एक युवकलाई पक्राउ गरेको हो।

चितवनको चैरहनी नगरपालिका-९ घर भई हाल काडमाडौँ महानगरपालिका-२९, अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ परेका हुन्। उनलाई बिहीबार नै अदालतमा उपस्थित गराएर पाँच दिन हिरासतमा राख्न अनुमति लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

एसपी भट्टराईका अनुसार, पक्राउ परेका गौतमलाई आपराधिक उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन

सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन

काठमाडौ।  सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात...

फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्

फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्

काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।...

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

काठमाडौँ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...