बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुग्यो
काठमाडौं। बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार उपचारका लागि डडेलधुरा अस्पताल पठाइएका थप ५ जनाको निधन भएपछि मृतकको संख्या १३ पुगेको हो।
गम्भिर घाइते ३ जनालाई धनगढी रेफर गरिएको छ। अन्य २७ जना घाइतेको उपचार भइरहेको छ।
बिहीबार बेलुका पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ का ४० वर्षीय पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, बित्थडचिर गाउँपालिका–७ का ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
डडेलधुरा अस्पतालमा उपचारको क्रममा राति थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। डडेलधुरा अस्पतालमा मृत्यु हुनेको नाम भने खुल्न बाँकी छ।
बस सडकबाट २ सय मटिर तल खसेको छ। दुर्घटनापछि बस चालक बिरेन्द्र बुढालाई प्रहरी नियन्त्रणमा लिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन
काठमाडौ। सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात...
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।...
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...




