Breaking News

महिला प्रिमियर लिगको उपाधि आरसीबीलाई

काठमाडौं। रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसीबी)ले दोस्रोपटक महिला प्रिमियर लिग टी– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आरसीबीले बिहीबार सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले निरास बनायो ।

बडोदरास्थित कोटाम्बी रंगशालामा दिल्लीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य आरसीबीले २ बल बाँकी रहँदा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

आरसीबीका लागि कप्तान स्मृति मन्धनाले ४१ बलमा १२ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ८७ रनको योगदान गरिन् । यसैगरी, जर्जिया भोलले ५४ बलमा १४ चौकासहित ७९ र राधा यादवले अविजित १२ रन बनाए ।

दिल्लीका लागि चिनेल हेनरीले २ तथा मिन्नु मणी र नन्दनी शर्माले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०३ रनको योगफल तयार पारेको थियो ।

दिल्लीका लागि कप्तान जेमिमाह रोड्रिग्वेजले ३७ बलमा ८ चौकाको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरिन् । यसैगरी, लोर उल्भार्ड्टले ४४, लिजेल लीले ३७, चिनेल हेनरीले अविजित ३५ र शफाली वर्माले २० रन बनाए ।

आरसीबीका लागि सायली सतघरे, अरुणधती रेड्डी र नादिन डे क्लार्कले १–१ विकेट लिए ।

यसअघि आरसीबी सन् २०२४ मा उपाधि जितेको थियो । दिल्ली भने लगातार चौथो संस्करण फाइनलमा पराजित भएको हो ।

सम्बन्धित समाचार

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

काठमाडौँ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...

चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ

चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ

गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ...

निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ

निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार...