पुटिनको हतियार तैनाथीसम्बन्धी प्रस्ताव ट्रम्पद्वारा अस्वीकार
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक आणविक हतियार तैनाथीसम्बन्धी सीमा विस्तार गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । ट्रम्पले पुरानो ‘न्यु स्टार्ट’ सन्धि कमजोर र गलत रूपमा गरिएको भन्दै नयाँ र आधुनिक सम्झौता आवश्यक रहेको बताएको अल जजिराले जनाएको छ ।
ट्रम्पले अमेरिका र रुसका आणविक विज्ञहरूबीच नयाँ सम्झौताका लागि वार्ता हुनुपर्ने उल्लेख गरेका छन् । न्यु स्टार्ट सन्धिको म्याद सकिएपछि दुवै देशका विशाल आणविक भण्डारणमा कानुनी सीमा नरहेकाले सम्भावित हतियार प्रतिस्पर्धाको चिन्ता बढेको छ ।
रुसले सन्धि सकिनुमा खेद व्यक्त गर्दै राष्ट्रिय हितलाई ध्यानमा राखेर जिम्मेवार नीति अपनाउने जनाएको छ । यसबीच युक्रेन युद्धबारे छलफलका क्रममा अमेरिका र रुसबीच न्यु स्टार्ट अस्थायी रूपमा विस्तार गर्ने अनौपचारिक छलफलसमेत भएको बताइएको छ ।
विश्लेषकहरूका अनुसार विश्वभर बढ्दो भू–राजनीतिक तनावका बीच आणविक नियन्त्रणसम्बन्धी सम्झौताहरू कमजोर हुँदै जानु चिन्ताको विषय बनेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास
काठमाडौं। आज (शुक्रबार) अमेरिका र इरानबिच ओमानमा आणविक वार्ता हुँदै छ। त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको...
अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स ९आईआरजीसी० ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ...
हमासद्वारा गाजामा सहायता प्रवेशमा प्रतिवन्ध लगाएको भन्दै इजरायलमाथि आरोप
हमासले इजरायलले गाजा पट्टीमा मानवीय सहायता सामग्रीको प्रवेशमा निरन्तर प्रतिवन्ध लगाएको आरोप लगाएको छ । जसले गर्दा बिग्रँदो जाडोको...
इजरायली आक्रमणमा गाजा पट्टीमा २१ प्यालेस्टाइनीको मृत्यु
गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलकाअनुसार इजरायली सेनाले बुधवार बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा भीषण...




