ओमानमा अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, तनाव घटाउने प्रयास
काठमाडौं। आज (शुक्रबार) अमेरिका र इरानबिच ओमानमा आणविक वार्ता हुँदै छ। त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको छ।
उनले आज ओमानको राजधानी मस्कटमा अमेरिकी दूतहरूसँग वार्ता गर्नेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरे सैन्य कारबाही गर्ने धम्की दिइरहेका छन्।
इरानले आणविक मुद्दामा छलफल गर्न इच्छुक रहेको बताएको छ, तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्नेजस्ता मागमा सम्झौता नहुने अडान लिइरहेको छ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले सम्झौतामा पुग्न सकिन्छ कि भनेर हेर्न इरानका अधिकारीसँगको वार्ताको निगरानी गरिरहेको बताएकी छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...
चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ
गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ...
निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार...




