Breaking News

सरकारले फिर्ता लिदैछ सामाजिक सञ्जालसम्बन्धी विधेयक

काठमाडौं। सरकारले सङ्घीय संसद्मा विचाराधीन सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिने भएको छ। राष्ट्रियसभाको शुक्रबार अपराह्न १:१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्बाट सो विधेयक फिर्ता लिने निर्णय गरेको थियो। राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको यो विधेयक हाल विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा थियो।

विधि विज्ञान प्रयोगशाला विधेयक पारित गर्ने तयारी
आजकै बैठकमा प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन’ विधेयक, २०८१) पारित गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्नेछिन्। त्यसअघि उक्त विधेयकमाथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरिने संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन

सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन

काठमाडौ।  सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात...

फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्

फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्

काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।...

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

काठमाडौँ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...