आज पनि घट्यो सुन
काठमाडौं। बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा चार हजार दुईसय रुपैयाँ घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको छ।
गएको मंगलबार र बुधबार दुई दिनमा १८ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य हिजो र आज गरेर १३ हजार सातसय रुपैयाँ घटेको छ।
हिजो सुनको मूल्य दुई लाख ९५ हजार दुईसय रुपैयाँ थियो। अघिल्लो साताको शुक्रबारदेखि सोमबारसम्म तीन दिनमा सुनको भाउ तोलामा ५२ हजार सातसय रुपैयाँ घटेको थियो।
अघिल्लो साताको बिहीबार तोलामा २० हजार पाँचसय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला २७० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको चार हजार सातसय १० रुपैयाँमा झरेको छ।
हिजो चाँदीको भाउ तोलाको चारहजार ९८० रुपैयाँ थियो। गएको आइतबार तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ पाँच हजार पाँचसय रुपैयाँमा झरेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गत साताको बिहीबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
सम्बन्धित समाचार
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...




