नेकपा बहुमतका ललितपुर इन्चार्जसहित १५ नेताहरू कांग्रेसमा प्रवेश
काठमाडौँ । नेकपा बहुमतका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला इन्चार्जसहित १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको निर्वाचन विशेष जिल्ला भेलामा नेकपा बहुमत ललितपुरका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कुमाल सिल्वालसहित कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई खादा र माला लगाएर कांग्रेस प्रवेश गराएका हुन् । सिल्वालसँगै नेकपा बहुमत युवा संगठनका जिल्ला अध्यक्ष सुनील स्याङ्जाली मगर, गोदावारी नगरपालिकाका इन्चार्ज हरीकृष्ण महत, कोन्ज्योसोम गाउँपालिकाका इन्चार्ज सत कुमार सिल्वाल, ललितपुरमा तामाङ मुक्ति मोर्चाका सहसंयोजक सुरेश तामाङ, ललितपुरका जिल्ला सदस्य सुरज सिंजापतिले कांग्रेसका प्रवेश गरेका हुन् ।
यस्तै पार्टी प्रवेश गर्नेहरूमा अशोक रूम्बा, अमर सिगार, सुनिल विक, राजु तामाङ, दिपेश मगर, इन्द्र राना मगर, सुनिल मगर, नविन राना मगर र प्रविन राना मगर रहेका छन् ।
कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी प्रवेश गर्नेको लहर नै चलेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
सर्वोच्चले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा काँग्रेस सांसद ढुंगानाको असन्तुष्टि
काठमाडौँ। राष्ट्रिय सभाका नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ...
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झापामा ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापा जानुहुने भएको छ । झापा...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...




